नयाँ सरकारले लामो समयदेखि सिंहदरबारको चौघेरा नछोड्ने कर्मचारीको सूची तयार पारेको छ । प्राप्त विवरण अनुसार यस्ता कर्मचारीको सूची ५ हजारभन्दा माथि रहेको छ ।
जसमा नेपाल प्रशासन सेवाका खगेन्द्र प्रसाद नेपाल साढे चार बर्षदेखि प्रधानमन्त्री कार्यालयबाट दायाँबायाँ हुनु परेको छैन । यस्तै पूर्व मुख्यसचिवको साली नातेदार पर्ने सरिता दवाडी विगत दुई बर्षदेखि उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा कार्यरत छिन् । सो सूचीमा अर्थ मन्त्रालयका उत्तरबहादुर खत्री तीन बर्षदेखि कार्यरत रहेका छन् । यस्तै,प्रविण मण्डल स्वास्थ्यमा तीन बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहेको विवरणमा समावेश गरिएको छ । महिला बालबालिका मन्त्रालयमा आभा श्रेष्ठ चार बर्षदेखि कार्यरत रहेको विवरणमा उल्लेख छ । उनी कृष्णहरि पुष्करकी पत्नी हुन । यस्तै,हुमबहादुर केसी कानुन मन्त्रालयमा सात बर्षदेखि,स्वास्थ्यको रेश्मा श्रेष्ठ तीन बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहेको विवरणमा उल्लेख छ । जसमा खानेपानीमा मीना श्रेष्ठ ४ बर्षदेखि,कानुनमै मानबहादुर अर्याल ७ बर्षदेखि छोड्नु नपरेको विवरणमा उल्लेख छ ।
बिज्ञापन
यस्तै,परराष्ट्रका कृष्णप्रसाद ढकाल तीन बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहेको,हरिकुमार पोखरेल तीन बर्षदेखि भौतिकमा,गौरव गिरी चार बर्षदेखि सञ्चारबाट दायाँबायाँ हुनु नपरेको,राजन पाण्डेले चार बर्षदेखि स्वास्थ्य मन्त्रालयमा रजाई गरिरहेको,राजन पाण्डेले पाँच बर्ष,शैलेन्द्र विक दुई बर्ष,भृगु ढुंगना,यामप्रसाद भुसाल,सुरेश थापा,वन मन्त्रालयका सहसचिव महेश्वर ढकालदेखि सो सूचीमा प्रधानमन्त्री कार्यालयमै पाँच बषदेखि सरुवा हुन नपर्ने भाग्यमानी कर्मचारीको रुपमा शिवादेवी दाहाल,भूमि मन्त्रालयका गणेश प्रसाद भट्ट २ बर्षदेखि सोही मन्त्रालयमा सुशील डंगोल चार बर्षसम्म कतै जानु नपरेको विवरणमा समावेश छ ।
यस्तै कानुन मन्त्रालयका जंगबहादुर डाँगी ४ बर्षदेखि,प्रधानमन्त्री कार्यालयमा रहेका राकेश ओझा ५ बर्षदेखि,कानुन मन्त्रालयका आठ बर्षदेखि मुना शर्मा,चार बर्षदेखि भौतिकका जगत प्रजापति,वनका राम सुन्दर साह तीन बर्षदेखि सोही मन्त्रालयबाट दायाँबायाँ भएका छैनन् । यस्तै,आठ बर्षदेखि सुजन ढुङ्गेल,सात बर्षदेखि कृषि मन्त्रालय छाड्न नपरेका रविन्द्र सुवेदी,सब्जु उपाध्याय,शिक्षाबाट चार बर्षदेखि अस्विना बराल,ज्योती रावल केसीराजु महर्जन ६ बर्षदेखि उर्जा मन्त्रालयमै रजगज गरिरहेका छन् । प्राप्त विवरण अनुसार,प्रमोद कोइराला कृषिमै ६ बर्षदेखि कार्यरत छन् भने उज्ववल श्रेष्ठ चार बर्षदेखि भौतिक मन्त्रालय छोड्नु परेको छैन । आरती श्रेष्ठ पाँच बर्षदेखि कानुनमै डेरा जमाएर बसेकी छिन् भने सुस्मित श्रेष्ठले विगत चार बर्षदेखि अर्थबाट दायाँबायाँ हुनुपरेको छैन ।
सिंहदरबार नछाड्ने कर्मचारीहरुमा गृहको शाखा अधिकृत कविता शर्मा चार बर्षदेखि,सात बर्षदेखि गृहमै रञ्जना राई कार्यरत रहेको पाइएको छ । यस्तै,खानेपानीका राजेन्द्र पन्तले आठ बर्षदेखि सिंहदरबार छाडेका छैनन भने वनका सुजन सुवेदीले ६ बर्षदेखि,कानुनका नवराज आचार्यले ५ बर्षदेखि मन्त्रालय छाड्नु परेको छैन ।
प्राप्त विवरण अनुसार,प्रधानमन्त्री कार्यालयमै प्रमिला आचार्य पाँच बर्षदेखि बसिरहेकी छिन् । कानुनका नवराज आचार्य पाँच बर्षदेखि सोही मन्त्रालयमा टिकिरहेका छन् । अर्थमा तीन बर्षदेखि सोना श्रेष्ठ,कानुनमै तीन बर्षदेखि शिव वाग्लेहरु दायाँ बायाँ नहुँदा खेलकुदमा १४ बर्षदेखि गणेश गुरुङ्गले रजाइ गरिरहेका छन् । यस्ता कर्मचारीको सूचीमा वनका भुवन तिमिल्सिना आठ बर्षदेखि प्रधानमन्त्री कार्यालयकै प्रदीप श्रेष्ठ सात बर्षदेखि श्रममा मणिनाथ गोप ७ बर्षदेखि प्रदीप नेपालका नातेदार दाजु अनुप नेपाल ६ बर्षदेखि सञ्चारमै छन भने श्रीधर गौतम वाणिज्यमै छन्,६ बर्षदेखि । उसो त जागिरमा प्रवेश गरेदेखि सिंहदरबारको चौघेरा छोड्नु नपर्ने अर्काे डन कर्मचारी हुन मोहन घिमिरे,जो जागिर खाएको २८ बर्षदेखि सिंहदरबारमै रजगज गरिरहेका छन् । निजामती सेवा नियमावली, २०५० मा कर्मचारीको सरुवा सामान्यतया प्रत्येक दुई वर्षमा गर्नुपर्ने व्यवस्था छ। अर्थात् विशेष अवस्थाबाहेक सहसचिवभन्दा तलका कुनै पनि कर्मचारी दुई वर्षभन्दा बढी एउटै कार्यालयमा बस्न मिल्दैन तर सिंहदरबारभित्रैका मन्त्रालयका एउटै कर्मचारी दुई बर्षदेखि २८ बर्षसम्म पहुँच र शक्तिका भरमा टिकिरहेको विवरण प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । यसरी सिंहदरबारभित्रै रजगज गर्ने कर्मचारीहरु १९ सय भन्दा बढी छन् भने उपत्याका नछाड्ने कर्मचारीको सूची ३५ सय हाराहारी रहेको छ । सो विवरण प्रधानमन्त्री कार्यालयमा पुगेको छ ।





























