उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

सरकारले उपसचिवसम्मका कर्मचारीको सरुवा, पदस्थापन तथा वृत्ति व्यवस्थापनसम्बन्धी कार्यलाई जवाफदेही बनाउन निजामती सेवा बोर्डको व्यवस्था गर्ने भएको छ । सुझावका लागि भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको संघीय निजामती सेवा विद्येयकको दफा २७ मा यस्तो प्रावधान राखिएको हो ।
हाल उपसचिवसम्मको सरुवा अधिकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवसँग रहे पनि व्यवहारमा भने मन्त्री,विचौलिया तथा सेटिङका आधारमा कर्मचारीहरु सरुवा हुँदै आएका छन् । कतिपय सरुवामा सचिवहरु निरिह बन्न पुगेको छ ।

बिज्ञापन

विद्येयकको मस्यौदामा उपसचिव तहसम्मका कर्मचारीको सरुवाका लागि नेपाल सरकारका मुख्यसचिव अध्यक्ष रहनेछन् । यस्तै,लोकसेवा आयोगका सचिव,कानुन मन्त्रालयका सचिव,नेपाल सरकारले मनोनयन गरेका सार्वजनिक प्रशासन र सूचना प्रविधि क्षेत्रका २ विज्ञ र मन्त्रालयका सचिव सदस्य र वोर्डका अध्यक्षले तोकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी सदस्य सचिव हुने व्यवस्था राखिएको छ ।

बिज्ञापन

जहाँ मन्त्रालयका सचिवले गरेका काम कारवाही वा निर्णय उपर हुने सुनुवाईमा सम्बन्धित मन्त्रालयका सचिव नरहने,यस्तो अवस्थामा अध्यक्षले प्रधानमन्त्री कार्यालयका सचिवलाई सदस्य तोक्न सक्ने प्रावधान राखिएको छ ।
मुख्य सचिवको अध्यक्षतामा गठन हुने सरुवा वोर्डले सरुवासम्बन्धी निर्णय प्रक्रियामा समन्वय, अनुमोदन तथा निगरानीको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

संघीय निजामती सेवा विधेयकमा कम्प्यूटर अपरेटरहरूको बढुवा व्यवस्था यथावत राख्न माग

यी हुन लामो समयदेखि सिंहदरबार नछाड्ने शाखा अधिकृत,उपसचिव र सहसचिवहरु

अब अवधि नपुगी कर्मचारीको सरुवा गर्न नपाइने

उपसचिवसम्मको सरुवाका लागि मुख्यसचिवको नेतृत्वमा सरुवा बोर्ड

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

नेपालको निजामती सेवा ऐन,संशोधन र सम्भावनाहरू

कर्मचारी भित्र लुकेको पिडा

निजामती सेवा प्रवेशको अधिकतम उमेर हद घटाइयो

बिशेष