महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

काठमाडौँ — नेपाल नागरिक उड्डयन प्राधिकरण (CAAN) को महानिर्देशक पद पूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले दरखास्त आह्वान गरेको छ।

बिज्ञापन

मन्त्रालयले २०८३ वैशाख १२ गते सूचना प्रकाशित गर्दै प्राधिकरणको कार्य सञ्चालनका लागि कार्यकारी प्रमुखका रूपमा महानिर्देशक नियुक्त गर्न आवेदन माग गरेको हो।

बिज्ञापन

नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा १९ को उपदफा (१) अनुसार महानिर्देशक पदमा नियुक्ति गरिने व्यवस्था रहेको मन्त्रालयले जनाएको छ।

सूचनाअनुसार नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा बहाल रहेका योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र मन्त्रालयमा आवेदन दिन सक्नेछन्।

बिज्ञापन

महानिर्देशक पदका लागि आवश्यक योग्यता, अनुभव, आवेदन फाराम, पेश गर्नुपर्ने कागजात, छनोट प्रक्रिया, पारिश्रमिक तथा सुविधासम्बन्धी विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले आवेदन दिन इच्छुक उम्मेदवारहरूलाई तोकिएको समयभित्र आवश्यक कागजातसहित मन्त्रालय, सिंहदरबारमा आवेदन पेश गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष