राष्ट्रिय किताबखाना र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबीच सेवा अन्तरआवद्धता विस्तार

काठमाडौं । राष्ट्रिय किताबखाना र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबीच तालिमसम्बन्धी सेवाको अन्तरआवद्धता विस्तार गर्ने समझदारी भएको छ। शुक्रबार (२०८३ वैशाख ११) सम्पन्न समझदारीपत्रमा हस्ताक्षरसँगै दुई संस्थाबीच सेवा अन्तरआवद्धता औपचारिक रूपमा सुरु भएको हो।

बिज्ञापन

निजामती कर्मचारीको सूचना बैंक तथा सेवा–सुविधा व्यवस्थापनको केन्द्रीय निकायका रूपमा रहेको राष्ट्रिय किताबखानाले कर्मचारीसम्बन्धी सूचनालाई पूर्ण, शुद्ध र अद्यावधिक बनाउने रणनीतिअनुसार सरोकारवाला निकायसँग सेवा अन्तरआवद्धता विस्तार गर्दै आएको छ। सोही क्रममा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानसँग पनि सहकार्य सुरु गरिएको हो।

बिज्ञापन

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी प्रमुख सुरेन्द्रबाबु तिवारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। यससँगै प्रतिष्ठानले कर्मचारी व्यक्तिगत सूचना प्रणाली (पीआईएस) को तालिम मोड्युल सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने पहुँच प्राप्त गरेको छ।

यस व्यवस्थाअनुसार अब गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबाट तालिम लिने राष्ट्रसेवक कर्मचारीहरूको तालिमसम्बन्धी सम्पूर्ण विवरण प्रतिष्ठानले नै पीआईएस प्रणालीमा अद्यावधिक गर्नेछ। साथै तालिम प्रमाणपत्रको डिजिटल प्रति पनि प्रणालीमा अपलोड गरिनेछ।

बिज्ञापन

यो व्यवस्थाको कार्यान्वयनपछि कर्मचारी सूचना बैंक स्वतः थप पूर्ण, व्यवस्थित र परिस्कृत हुँदै जाने विश्वास गरिएको छ। साथै तालिम प्रदायक संस्थाले प्रमाणपत्रको मूल प्रति अलग्गै अभिलेख राखिरहनुपर्ने झन्झट पनि हट्नेछ।

अर्कोतर्फ, तालिम प्राप्त कर्मचारीहरूले आफ्ना विवरण अद्यावधिक गराउन राष्ट्रिय किताबखानामा धाइरहनु नपर्ने व्यवस्था हुनेछ। प्रमाणपत्र हराएको अवस्थामा पनि किताबखानाबाट सजिलै प्रतिलिपि प्राप्त गर्न सकिनेछ।

राष्ट्रिय किताबखानाका अनुसार यो सहकार्य सेवा अन्तरआवद्धताका लागि दशौँ साझेदारी हो भने संघीय राजधानीबाहिरको दोस्रो तालिम प्रदायक संस्थासँग गरिएको सहकार्य हो।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रमुख प्रशासकीय अधिकृत संघले पठाउने,प्रदेशले खटाउने

संघीय निजामती विधेयकमा सरकारका ५० नयाँ व्यवस्था

यस्ता छन्,निजामती सेवा विद्येयकमा प्रस्ताव गरिएका २ दर्जन नयाँ व्यवस्था

निजामती कर्मचारीको उमेरहद ६० वर्ष बनाउने प्रस्ताव, संघीय निजामती विधेयकको मस्यौदा तयार

राष्ट्रिय किताबखाना र गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानबीच सेवा अन्तरआवद्धता विस्तार

कर्मचारीलाई ३ महिनासम्म विदेश जान रोक

दीपक भट्टसँग नाम जोडिएका तीन सहसचिव प्रदेश पुगे,अर्काे सहसचिव तानिए मन्त्रालय

सरकारी कागजात,जिन्सी सामाग्री साता दिनभित्रै दाखिला गर्न ६ पूर्व कर्मचारीलाई अल्टिमेटम

बिशेष