प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सरकारी कर्मचारीको सम्पूर्ण विदेश भ्रमण स्थगित गर्न सरोकारवाला निकायलाई कडा निर्देशन दिएको छ ।
बिज्ञापन
प्रधानमन्त्री कार्यालयले आगामी तीन महिना विदेश भ्रमणका लागि मनोनयन नगर्न कडा निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै मन्त्रालय,आयोग,निकायलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो ।
“कर्मचारी वैदेशिक भ्रमणमा जाँदा उक्त एक सय कार्यसूचीको कार्यान्वयनमा बाधा उत्पन्न हुनसक्ने भएकाले वैदेशिक भ्रमणमा कुनै पनि कर्मचारीलाई मनोनयन नगर्न अनुरोध छ”, प्रधानमन्त्री कार्यालयद्वारा जारी निर्देशनमा उल्लेख छ ।
सरकारको गत चैत १३ गतेको निर्णयअनुसार स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको उच्च प्राथमिकतका साथ कार्यान्वयन भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्यालयले उक्त निर्देशन दिएको हो ।






























