संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी कार्यालयहरुलाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ ।
बिज्ञापन
मन्त्रालयले सबै मन्त्रालय,विभाग,कार्यालय,निकायहरुलाई परिपत्र गर्दै विद्युतीय हाजिरी अनिवार्य गर्न भनेको हो ।
नेपालमा पहिले पहिले हाजिरी कापी वा रजिस्टरमा बिहान कार्यालय पुग्ने बित्तिकै र साँझमा कार्यालयबाट निस्कनु भन्दा अघि समय लेखी दस्तखत गरी हाजिरी गर्ने प्रचलन थियो। पछिल्लो समय अधिकांश सरकारी कार्यालयहरुमा इ हाजिरी प्रचलनमा ल्याइएको छ । कर्मचारीहरू समयमा अफिस नआउने, आएपछि चाँडै निस्किने जस्ता विकृति अन्त्य गर्नका लागि सरकारले विद्युतीय हाजिरीको व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न मन्त्रालयले परिपत्र गरेको हो ।
मन्त्रालयले कर्मचारीको उपस्थितीको अभिलेखीकरण तथा विद्युतीय हाजिरी प्रणाली अनिवार्य कार्यान्वयन गर्न,कार्यान्वयन नभएको भए कर्मचारीहरु दैनिकी कार्यालयमा आएको र गएको विवरण अनिवार्य रुपमा विद्युतीय हाजिरी गराउन र हरेक १५ १५ दिनमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणीत गरी सोको विवरण सुरक्षित राख्न परिपत्र गरेको छैन ।































