बिचौलिया दिपक भट्टकोस्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा सरकारका उच्च प्रशासकहरुको शेयर स्वामित्व रहेको बिषय सार्वजनिक भएको छ । यो प्रकरणले लहरो तान्दा पहरो थर्कने स्थिति बनेको छ । सम्पत्ति शुध्दिकरणअन्तर्गत हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनीको ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्टसँग कतिपय प्रशासकहरु समेत तानिने स्थिति बनेको छ । यही प्रकरणमा अर्थका आधा दर्जन सहसचिवह अनुसन्धानको राडारमा तानिरहेको समयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरकै कनेक्सन भट्टसँग देखिएको हो ।
विवादित हिमालयन रि ईन्स्योरेन्समा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत समूहको लगानी रहेको छ । सोही कम्पनीमा भट्टले अवैध कारोबार गरेको र सम्पत्ति शुद्धीकरकण सम्बन्धी कसुर गरेको भन्दै विभागले नै अनुसन्धान गरिरहेको अबस्थामा हिमालयन रि ईन्स्योरेन्समा ठाकुरले श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता लिइएको पाइएको हो । ठाकुर ७७ साल फागुन २१ मा पहिलो पटक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक बनेर पुगेका थिए । पहिलो पटक उनी झण्डै सात महिना विभागका महानिर्देशक रहे । सोही समितिमा बीमा समितिले २०७८ जेठमा अनुमति दिएको र जालझेलको भूमिमा खडा गरिएको हिमालय रिइन्स्युरेन्समा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरको श्रीमति राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता संस्थापक शेयर लिएको कागजातबाट खुलेको छ । निहारिकाको शेयरधनी दर्ता, नागरिकता र मतदाता परिचयबाट यसको पुष्टि हुन्छ ।
हिमालयन रिमा भएको शेयरधनीको नागरिकता नम्बर र गजेन्द्र कुमार ठाकुरको श्रीमतिको नागरिकता नम्बर एकै रहेको भेटिएको छ । जतिबेला हिमालयन रिइन्स्योरेन्स दर्ता भएको थियो र अपारदर्शी तरिकाले अनुमति पाएको थियो, त्यतिबेला ठाकुर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक थिए । उनै ठाकुरलाई नयाँ सरकार बनेसँगै दोस्रो पटक ८२ साल असोज २१ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशको जिम्मेवारी दिएर खटाइएको छ । यो प्रकरणले सम्पत्ति शुद्धीकरण अभियोगको अनुसन्धान स्वच्छ रुपमा अघि बढाउन नसक्ने जानकारहरु बताउँछन् । यस्का अलबा अर्थ सचिव घनश्याम उपाध्यायको पत्नी भगवती उपाध्यायको नाममा नेपाल माइक्रो इस्योरेन्सको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर रहेको भेटिएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको वास्तिवक स्वामित्व भएका आधिकारिक संस्थापक सेयरधनीहरूको ४६ जनाको सूची सार्वजनिक भएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयको २०७९ चैत २१ को अभिलेख अनुसार कम्पनीको सञ्चालक समितिमा आशिष श्रेष्ठ रहेको खुलेको छ भने सञ्चालकहरूमा प्रबिना दाहाल, लतिका गोल्यान र सिद्धान्त झुनझुनवाला रहेका छन् । विभिन्न व्यापारिक घरानाको लगानी रहेको सोही इस्योरेन्सको संस्थापक रहेको भेटिएको हो,अर्थ सचिवको श्रीमती । सो कम्पनीको १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता संस्थापक सेयर रहेको तथ्य सार्वजनिक भएको हो। सो कम्पनीका अन्य संस्थापक शेयर धनीहरुमा पशुपति मुरारका, शिरिश कुमार मुरारका, वेनु अग्रवाल, राजेश कुमार अग्रवाल, सुवास आचार्य, विक्रम न्यौपाने, भगवती उपाध्याय लगायत रहेका छन् ।
७९ साल मंसिरमा नेपाल बिमा प्राधिकरणले सात वटा कम्पनीलाई लघुबिमा व्यवसाय सञ्चालन गर्न अनुमतिपत्र लाइसेन्स दिएको थियो । जसमध्ये ३ लघुजीवन बिमा र ४ वटा लघुनिर्जीवन बिमा गरी ७ कम्पनीलाई सञ्चालन लाईसेन्स दिने निर्णय गरेको हो । प्राधिकरणले छनौट गरेको लघुबीमा कम्पनीहरुमा जीवनतर्फ गार्डियन माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेड, क्रेष्ट माइको लाईफ इन्स्योरेन्स लिमिटेड र लिबर्टी माइको लाईफ इन्स्योरेन्स लिमिटेड रहेका छन ।यस्तै निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड, नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका थिए । यसरी लाइसेस्न हात पार्ने सात मध्ये अधिकांश दिपक भट्ट निकटका रहेका थिए ।





























