शाखा अधिकृत,लेखापाल,कार्यालय सहायक सहित आठविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८ जनाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । अख्तियारले नगरपालिकाका तत्कालीन शाखा अधिकृत,सूचना प्रविधि अधिकृत,लेखापाल,विद्यालय व्यवसथपन समितिका अध्यक्ष,प्रधानाध्यापक,विद्यालयका सहायक कर्मचारीसहित आठ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

आयोगले पश्चिम रुकुमको मुसिकोट नगरपालिकास्थित श्री त्रिभुवन जनता माध्यमिक विद्यालयमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको हो ।

बिज्ञापन

आर्थिक वर्ष २०७८–०७९ मा प्रविधिमैत्री कक्षा कोठा निर्माण तथा व्यवस्थापनका नाममा खरिद गरिएका भनिएका सामग्रीहरू विद्यालयमा आपूर्ति नै नगरी भुक्तानी लिइएको पाइएको भेटिएको, विद्यालयमा सूचना प्रविधि सम्बन्धी सामग्री खरिदपछि सञ्चालनका लागि कुनै तालिम नै नदिई झुटो बिल भरपाई बनाएर थप रकम भुक्तानी गरिएको विद्यालयको आन्तरिक आम्दानी र विद्यार्थीबाट उठाएको शुल्क रकम समेत बैंकमा दाखिला नगरेको, बेरुजु फर्छ्यौटका नाममा विना भौचर र विना उद्देश्य लाखौ रकम खाताबाट झिकी व्यक्तिगत रूपमा प्रयोग गरेको भेटिएसँगै अख्तियारले १० लाख ७५ हजार ७५३ रुपैयाँ ९८ पैसा बिगो र जरिवाना माग दाबी गर्दै विद्यालयका तत्कालीन प्रधानाध्यापक हरिप्रसाद खनाल र लेखापाल ठकबहादुर बुढाथोकीका अलवा यसैगरी, विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष खेमराज खड्का, मुसिकोट नगरपालिकाका शाखा अधिकृत विनाराम खड्का र सूचना प्रविधि अधिकृत गोपाल ओली, विद्यालयका कार्यालय सहायकद्वय रमा शाह र गौरी रावत केसी र भ्रष्टाचारमा मतियारको भूमिका खेलेको भन्दै दाङको डिजिटल कम्प्युटर एन्ड इलेक्ट्रोनिक्स वर्ल्डका प्रोप्राइटर शिवप्रसाद श्रेष्ठ विरुद्ध पनि ७ लाख ८ हजार ८११ रुपैयाँ २४ पैसा बिगो कायम गरी मुद्दा दर्ता गरिएको छ।

अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हदैसम्मको कारबाही र बिगो असुल उपर गर्न माग दाबी गर्दै विशेष अदालतमा आरोपपत्र पेश गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष