संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन जना अधिकृत तहका कर्मचारीहरुको सरुवा गरेको छ ।
मन्त्रालयले नेपाल इन्जिनियरिङ सेवा,सिभिल इन्जिनियरिङ समूह,जनरल उपसमूहका डबल बहादुर तमाङलाई जिल्ला समन्वय समिति खोटाङमा खटाइएको हिरालाल मण्डललाई जिल्ला समन्वय समिति मुस्ताङ र संजय चौधरीलाई जिल्ला समन्वय समिति बाजुरामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।





























