कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीहरुको कार्यसम्पादनको विवरण १५ दिनभित्रै तयार पार्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को गत चैत्र १३ को बैठकले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय तथा कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको थियो ।

बिज्ञापन

सोही निर्देशन अनुसार,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट चैत्र मसान्तसम्म सबै पदको कार्यविवरण अद्यावद्यिक गर्न मन्त्रालयले निर्देशन दिएको उल्लेख गर्दै सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय,सचिवालय,विभाग अन्र्तगत सम्पूर्ण विभाग र कार्यालयले अद्यावद्यिक गरेको कार्यविवरण अनुसार दुई साताभित्रै कार्यसम्पादन सूचक तयार गर्न सामान्य प्रशासनको सचिवस्तरीय निर्णयबाट परिपत्र गरिएको छ ।

बिज्ञापन

सरकारले कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व तथा पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ । सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमा यस्तो व्यवस्था उल्लेख गरिएको छ ।
जस अनुसार,कुनै मन्त्रालय,विभाग,कार्यालयमा दरबन्दी अनुसार कार्यरत रहेका कर्मचारीको सेवा समूह,श्रेणी तथा तहको विवरण उल्लेख गरि सोही स्थानमा पदनाम,कर्मचारीको नाम समावेश गरि कार्यविवरण,क्रियाकलाप,कार्यसम्पादन सूचक,लक्ष्य,समयसीमा,प्रगति तथा उपलव्धी,कार्यसम्पादनको अन्तर प्रतिशतमा,पुष्टयाईको आधार र कैफियतसम्मको विवरणहरु उल्लेख गरी भरेर पठाउनु पर्नेछ । विगतमा कर्मचारीको कार्यसम्पादन मूल्यांकन कर्मकाण्डी रुपमा चल्दै आएको थियो । काम गरे पनि र नगरे पनि निजामती प्रशासन कार्यक्षमताको मूल्यांकनमा शतप्रतिशत अंक पाउने प्रचलन छ । यही कर्मकाण्डी प्रवृत्तिलाई चिर्दै कर्मचारीको कार्यसम्पादनकै आधारमा मूल्यांकन गरिने परिपाटी बनाउन लागिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । हालसम्म एकपन्ने फाराम भरेका आधारमा कर्मचारीको कासमू मूल्यांकन हुँदै आएको थियो । वार्षिक कार्यक्रम, कार्यविवरणदेखि लक्ष्य निर्धारण, प्रगति र अनुगमनसम्मको चुस्त विधि तथा प्रक्रिया छैन ।

निजामतीका उपल्ला श्रेणीमा ठूलो पदपूर्ति बढुवाद्वारा हुन्छ । बढुवाद्वारा हुने पदपूर्तिभित्र कार्यक्षमताको मूल्यांकन एवं ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनको हिस्सा ठूलो छ । उपल्ला पदमा आउन कर्मचारीको कार्यक्षमता, अनुभव र कार्यसम्पादनलाई ऐनले उच्च महत्व दिएको छ ।कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवामा ठूलो हिस्सा अर्थात् ४० प्रतिशत अंक कार्यसम्पादनको हुन्छ । र, कार्यक्षमताको शतप्रतिशत अंकमा कार्यसम्पादन अंकको मुख्य भूमिका हुन्छ । कार्यसम्पादनमा ४० अंक नै पाएपछि बाँकी रहेका ज्येष्ठता, शैक्षिक योग्यता, भौगोलिक क्षेत्र र तालिमबापतको वस्तुगत खालका मूल्यांकनको अंक जोडेपछि कार्यक्षमतामा पूर्ण अंक अधिकांशले शत प्रतिशत पाउँदै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सचिवको परिपत्र

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

बिशेष