भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन गरेको छ । जलवायु परिवर्तनका कारण भूमिमा पर्ने प्रभाव, बाढी पहिरो लगायत प्राकृतिक प्रकोपका कारण भूमिमा पर्ने असर न्यूनीकरण, रोकथाम तथा क्षतिको अध्ययन र दिगो जलवायु उत्थानशील भूमि व्यवस्थापनमा केन्द्रित अन्तर्राष्ट्रिय तालिम कार्यक्रम ‘समर स्कुल अन क्लाइमेट रेस्पोन्सिभ ल्यान्ड गभर्नेन्स हिजोदेखि धुलिखेलमा शुरु भएको हो ।

बिज्ञापन

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रको आयोजना तथा ल्याण्डस्ट्याक इण्डिया र आइएलसी एसियाको सहआयोजना तथा सीएसआरसी, ह्याविट्याट फर ह्यूम्यानिटी नेपाल, यूएन ह्याविट्याट, काठमाडौं विश्वविद्यालय, यूनिभर्सिटी अफ मेलबर्न अष्ट्रेलिया र क्यारिटास नेपालको सहकार्यमा समर स्कूल सञ्चालन गरेको उक्त समर स्कूल कार्यक्रम वैशाख ८ देखि १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
सो कार्यक्रमको उद्‌घाटन भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशीको सभाध्यक्षता तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङका डीन प्रो डा मनीष पोखरेल, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव गणेश प्रसाद भट्ट, ल्याण्डस्ट्याक इण्डियाका निर्देशक प्रणव रंजन चौधूरी, हिमाचल प्रदेश भारतका पूर्व मुख्यसचिव ब्रिज कुमार अग्रवाल लगायत विशिष्ट व्यक्तिहरुको आतिथ्यता रहेको थियो।

बिज्ञापन

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका पदाधिकारीहरु लगायत जियोम्याटिक्स विधाका शोधार्थी, अनुसन्धानकर्ता र विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको उद्घाटन सत्रमा यूनिभर्सिटी अफ मेलबर्न अष्ट्रेलियाकी प्राध्यापक डा सेरिन हु ले क्लाइमेट रेस्पोन्सिभ ल्यान्ड गभर्नेन्स विषयमा विशेष प्रस्तति दिंदै जलवायु परिवर्तनले भूमि व्यवस्थापन प्रणालीमा पारिरहेको प्रभाव र त्यसको उत्तरदायी नीति तथा अभ्यासको आवश्यकताका बारे प्रकाश पार्नु भएको थियो। कार्यक्रम सञ्चालन तथा समर स्कुल आयोजनाको मुख्य उद्देश्य तथा विषयवस्तुबारे केन्द्रका निर्देशक रामकुमार सापकोटाले प्रकाश पार्नु भएको थियो।

बिज्ञापन

कार्यक्रममा नेपालसहित भारत, म्यानमार र अस्ट्रेलियाका भूमि व्यवस्थापन र जलवायुको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत प्रतिनिधि तथा विद्यावारिधि अध्ययन गरिरहेको शोधार्थीहरुको सहभागिता रहेको छ। कार्यक्रममा ५ जना विदेशी र १८ जना नेपाली गरी कुल २३ जना प्रशिक्षार्थी सहभागी छन्।

कार्यक्रममा जलवायु जोखिम र भूसुशासन, प्रभावकारी भूमि प्रशासनका नीति तथा विकसित नवीन अवधारणा फिट फर पर्पोज ल्याण्ड एडमिनिष्ट्रेशन (एफएफपी), फ्रेमवर्क फर इभेक्टिभ ल्याण्ड एडमिनिस्ट्रेशन (एफइएलए), ल्याण्ड गभर्नेन्स एसेसमेन्ट फ्रेमवर्क (एलजीएएफ), भूसूचना तथा जीआईएस प्रविधिको प्रयोग, लैङ्गिक समानता र समावेशितासहित सामाजिक आयाम तथा कार्यान्वयनमुखी कार्ययोजना निर्माण जस्ता विषयगत क्षेत्र समेटिने छ।समर स्कुल अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा बाढी प्रभावित क्षेत्रमा स्थलगत अध्ययन तथा अवलोकन भ्रमण पनि राखिएको छ। उक्त स्थलगत अध्ययनबाट सहभागीहरूले जलवायुजन्य विपद्का कारण भूमिको प्रयोग, जीविकोपार्जन र स्वामित्व प्रणालीमा परेको प्रभाव प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय समुदाय र सरोकारवालासँग अन्तरक्रिया गर्नेछन्।

कार्यक्रमले जलवायु उत्तरदायी भूसुशासनसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने, क्षेत्रीय अनुभव आदानप्रदान गर्ने, नवीन प्रविधि र उपायहरूको खोजी गर्ने तथा पेशागत सञ्जाल सुदृढ बनाउने लक्ष्य राखेको छ। साथै सहभागीहरूलाई आफ्ना देश तथा क्षेत्र बमोजिम कार्यान्वयनयोग्य जलवायु उत्तरदायी भूसुशासन योजना तयार गर्न प्रेरित गर्ने अपेक्षा राखिएको छ।कार्यक्रमले समावेशी, दिगो तथा जलवायु उत्थानशील भूसुशासन कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कसरी तयार पार्ने कर्मचारीको कार्यसम्पादन सूचक ?

लुम्बिनी अस्पतालको प्रमुखमा डा गौतम

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा पहिलो पटक अन्तराष्ट्रिय समर स्कुल संचालन

कर्मचारी आचारसंहिता कार्यान्वयन गर्न सचिवको परिपत्र

काठमाडौंमा जुवा–मिटरब्याजको जालोः आफ्नै रेष्टुरेन्टमा जुवा खेलाउँदै पक्राउ परे प्रचण्ड खड्का

कर्मचारीको उमेर हद ५५ बनाउँदा यही बर्ष अवकाशमा जानेछन ७ हजार कर्मचारी

दीपक भट्ट प्रकरणमा नयाँ मोड: अनुसन्धान गर्ने विभागकै महानिर्देशकको श्रीमती शेयरधनी

बिचौलिया भट्टको जालोमा सम्पत्ति शुद्धिकरण डिजीकी श्रीमतीको सेयर भेटिएपछि अनुसन्धानमा प्रश्न

बिशेष