सम्पत्ति शुद्धीकरणका महानिर्देशकको दीपक भट्टसँग कनेक्सन

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरको समेत दीपक भट्ट र साहिल अग्रवाल समूहसँग कनेक्सन देखिएको छ । सम्पत्ति शुध्दिकरणअन्तर्गत हिमालयन रिइन्स्योरेन्ससहित थुप्रै बिमा कम्पनी को ठगीउपर छानविन सिलसिलामा हाल सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दिपक भट्ट र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकको कनेक्सन देखिएको हो ।

बिज्ञापन

विवादित हिमालयन रि ईन्स्योरेन्समा दिपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाल, शेखर गोल्छा लगायत समूहको लगानी रहेको छ । सोही कम्पनीमा भट्टले अवैध कारोबार गरेको र सम्पत्ति सुद्धिरकण सम्बन्धी कसुर गरेको भन्दै विभागले नै अनुसन्धान गरिरहेको छ ।सोही हिमालयन रि ईन्स्योरेन्समा ठाकुरले श्रीमती राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता लिइएको पाइएको हो ।

बिज्ञापन

बिचौलिया दीपक भट्टमाथि भइरहेको सम्पत्ति शुद्धिकरण अनुसन्धानको क्रममा झण्डै आधा दर्जन उच्च तहका कर्मचारीउपर निगरानी शुरु गरि केही उपर बयान समेत लिइसकेको अवस्थामा सम्पत्ति शुद्धीकरणका महानिर्देशक गजेन्द्र ठाकुरको पत्नी नै विवादस्पद् कम्पनीको शेयर होल्डर रहेको खुलेको छ । दीपक भट्टको कनेक्सनमा आन्तरिक राजश्व विभागका महानिर्देशक मदन दाहाल,अर्थका सहसचिव सुमन दाहाल,उद्योगमा रहेका सहसचिव राजेश्वर ज्ञवाली,महेश भट्टराई,महेश बरालसम्म जोडिएको बिषय बाहिरिरहेको छ । सम्पत्ति शुद्धीकरणले भट्टसँग जोडिएका प्रशासकहरुको मुद्धा अख्तियारमा पठाउने तयारी गरिरहँदा दोह्रोएरु सम्पत्ति शुद्धीकरण विभागमा पुगेका गजेन्द्र ठाकुर उपर समेत शंकाको सुँई सोझिएको छ ।
केही वर्षदेखि संवैधानिक नियुक्तिमा कसलाई अघि सार्ने,आफू अनुकूलको मन्त्रालयमा कसलाई मन्त्री बनाउने, सचिव को लैजाने,अन्य निकायमा राजनीतिक नियुक्ति क कसलाई दिलाउने भन्ने रोडम्यापका कागजात भट्टको निवासबाट बरामद भएपछि कर्मचारी वृत्तमा तरंग उत्पन्न भएको बताइन्छ । संयोग हो वा उनै भट्टको सेटिङ ? गजेन्द्र ठाकुर ७७ साल फागुन २१ मा पहिलो पटक सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक बनेर पुगेका थिए । पहिलो पटक उनी झण्डै सात महिना विभागका महानिर्देशक रहे । सोही समितिमा बीमा समितिले २०७८ जेठमा अनुमति दिएको र जालझेलको भूमिमा खडा गरिएको हिमालय रिइन्स्युरेन्समा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरको श्रीमति राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता संस्थापक शेयर लिएको कागजातबाट खुलेको छ । निहारिकाको शेयरधनी दर्ता, नागरिकता र मतदाता परिचयबाट यसको पुष्टि हुन्छ । हिमालयन रिमा भएको शेयरधनीको नागरिकता नम्बर र गजेन्द्र कुमार ठाकुरको श्रीमतिको नागरिकता नम्बर एकै रहेको भेटिएको छ ।
जतिबेला हिमालयन रिइन्स्योरेन्स दर्ता भएको थियो र अपारदर्शी तरिकाले अनुमति पाएको थियो, त्यतिबेला ठाकुर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक थिए ।
उनै ठाकुरलाई नयाँ सरकार बनेसँगै दोस्रो पटक ८२ साल असोज २१ मा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशको जिम्मेवारी दिएर खटाइएको छ । यो प्रकरणले सम्पत्ति शुद्धीकरण अभियोगको अनुसन्धान स्वच्छ रुपमा अघि बढाउन नसक्ने जानकारहरु बताउँछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष