यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

सरकारले तीन महत्वपूर्ण कानुन संशोधनसम्बन्धी विधेयक संघीय संसदमा पेश गर्ने प्रक्रिया अघि बढाएको छ।

बिज्ञापन

आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन, २०८२, प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र मतदाता नामावली ऐन, २०७३ संशोधन गर्न बनेका विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको हो। ती विधेयकमार्फत सम्बन्धित कानुनलाई समयानुकूल परिमार्जन गर्ने तयारी गरिएको सरकारी स्रोतले जनाएको छ।

बिज्ञापन

बैठकले यससँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय पनि गरेको छ। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा गठित समितिमा अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय र काठमाडौंका भुवनकुमार दाहाल सदस्य रहनेछन्।

त्यसैगरी मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा नयाँ पदाधिकारी मनोनयन गर्ने निर्णय पनि गरेको छ। समितिको अध्यक्षमा डिल्लीराज आचार्य तथा सदस्यमा नवराज सिम्खडा र रोशनबहादुर शाक्यलाई मनोनयन गरिएको छ।

बिज्ञापन

सरकारले हाल विभिन्न कानुनी र संस्थागत संरचनालाई सुदृढ बनाउने उद्देश्यले आवश्यक कानुन संशोधन तथा संस्थागत व्यवस्थापनका निर्णयहरू गर्दै आएको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष