महेन्द्रराजमार्ग क्षेत्रमा सडक सीमा भित्रका संरचना हटाउन हेटौंडा सडक डिभिजनको कडा निर्देशन

 सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्रराजमार्ग अन्तर्गत पथलैया–चुरियामाई क्षेत्रको सडक सीमाभित्र रहेका अनाधिकृत घरटहरा हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ।

बिज्ञापन

डिभिजन कार्यालयले २०८३ वैशाख ७ गते प्रकाशित सूचनामार्फत सडक विभागको स्वीकृति बिना सार्वजनिक सडक र सडक सीमाभित्र निर्माण गरिएका संरचना हटाउन निर्देशन दिएको हो। कार्यालयका अनुसार यसअघि पनि २०७३ पुस १८ र २०८० असार ९ गते सूचना जारी गरिए पनि तोकिएको क्षेत्रमा रहेका घरटहरा हटाइएको पाइएको छैन।

बिज्ञापन

सूचनामा महेन्द्रराजमार्ग अन्तर्गत पथलैया–चुरियामाई ३ नम्बर पुलदेखि चुरियामाई मन्दिर क्षेत्रसम्म सडकको केन्द्रबाट दायाँबायाँ दुवैतर्फ २५–२५ मिटरभित्र निर्माण गरिएका सबै संरचना हटाउन भनिएको छ।

सडक डिभिजनले सम्बन्धित सबैलाई २०८३ वैशाख १० गतेभित्र उक्त संरचना आफैं हटाउन निर्देशन दिएको छ। निर्धारित समयभित्र संरचना नहटाए सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

बिज्ञापन

सडक डिभिजन हेटौंडाका प्रमुख गुरुप्रसाद अधिकारीले सडक सीमा अतिक्रमण हटाउनु सार्वजनिक यातायातको सुरक्षा, सडक विस्तार तथा व्यवस्थापनका लागि आवश्यक भएको बताएका छन्। उनले सम्बन्धित सबैलाई समयमै संरचना हटाएर सहयोग गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष