भ्रष्टाचार मुद्धामा दुई उपसचिव दोषी ठहर,२ बर्ष कैद,१ करोड जरिवाना

विशेष अदालतले दुई उपसचिवसहित एक निर्माण कम्पनीलाई भ्रष्टाचार मुद्धामा दोषी ठहर गरेको छ । अदालतले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल,कर्ण बहादुर कार्कीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।

बिज्ञापन

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो। अदालतले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद पोखरेल र जनही २ वर्ष कैद र १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा जरिवाना हुने ठहर गरेको छ ।

बिज्ञापन

त्यसैगरी, निर्माण व्यवसायीका तर्फबाट दिव्य निर्माण सेवाका प्रोप्राइटर भीमराज न्यौपानेलाई २ वर्ष कैद र १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा जरिवाना हुने फैसला सुनाएको छ ।

अदालतले प्रतिवादीहरूबाट हानी नोक्सानी भएको बिगो रकम जनही १ करोड २ लाख ८१ हजार ९ सय ५० रुपैयाँ १८ पैसा असुल गरी त्रिपुरासुन्दरी नगरपालिकाको कोषमा दाखिला गर्न आदेश दिएको छ । साथै,’अपराध पीडित संरक्षण ऐन, २०७५’ को प्रावधानअनुसार पीडित राहत कोषमा जनही ४३ हजार २ सय ७८ रुपैयाँ क्षतिपूर्ति शुल्क समेत जम्मा गर्नुपर्ने फैसलामा उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष