दुई अधिकृतमाथि कारवाहीको डण्डा

अध्यागमन विभागले दुई जना अधिकृतलाई कारवाही गरेको छ ।

बिज्ञापन

नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीलाई विभागले कारवाही गरेको हो । संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो।

बिज्ञापन

स्रोतका अनुसार यो प्रकरणमा अध्यागमन अधिकृत बिमल पौडेल र टोपबहादुर खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मेवारीबाट हटाइएको छ। उनीहरूलाई कारवाही गरिएको गृह मन्त्रालयले स्रोतले जनाएको छ। यी दुबै जना अधिकृतहरु दश महिना अगाडि अध्यागमनमा पुगेका थिए । ती दुई अधिकृतले युएई जान लागेका नेपाली नागरिकको प्रस्थान छापसँगै ‘रोजगार निषेध’ भ्रमण मिति सन् २०२६ ६ १० सम्म’ लेखेको आरोपमा छानबिन पछि नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ।

यी अधिकृत पौडेल यस भिजिट भिसा प्रकरणमा बदमासीमा मुछिएर अदालतमा एक लाख धरौटी बुझाएर छुटेका कर्मचारी भने होइनन् । यस अघि विवादमा तानिएका विमल पौडेल मन्त्रीको सचिवालयबाट मन्त्रालयकै विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा कार्यरत छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारी कार्यालयका फोन नउठ्ने र वेबसाइट अपडेट नहुने गुनासोपछि प्रधानमन्त्री कार्यालयको कडा निर्देशन

दुई अधिकृतमाथि कारवाहीको डण्डा

त्रिभुवन विमानस्थलका दुई अध्यागमन अधिकृत छानबिनमा

निजामतीलाई १५ दिनमै तलब,शिक्षकले चार महिना कुर्नुपर्ने

सिंहदरबारबाट गाउँपालिका खटाइएका कर्मचारीद्धारा धमाधम राजीनामा

पालिका पठाएका जेनजी आन्दोलनका अगुवा गणेश घिमिरेले दिए राजीनामा

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

बिशेष