त्रिभुवन विमानस्थलका दुई अध्यागमन अधिकृत छानबिनमा

अध्यागमन विभागले दुई जना अधिकृतहरुमाथि कारबाही गरेको छ । नेपाली नागरिकको राहदानीमा नियमविपरीत केरमेट गरी अनावश्यक ‘शर्त’ लेखिदिने कर्मचारीमाथि अध्यागमन विभागले कारवाही गरेको हो ।

बिज्ञापन

संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानी मा ‘रोजगारी निषेध’ सम्बन्धी छाप लगाएको विषयमा अध्यागमन विभागले अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाएको हो।

बिज्ञापन

विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो । सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो।यस घटनामा संलग्न रहेको आशंकामा अध्यागमन अधिकृत बिमल पौडेल र टोपबहादुर खत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मेवारीबाट हटाइएको छ। उनीहरूलाई जिम्मेवारीमुक्त गर्दै घटनाबारे आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ।

नीतिगत व्यवस्थाभन्दा बाहिर गएर काम गर्ने दुई अधिकृतलाई विमानस्थलको जिम्मेवारीबाट तत्काल हटाइएको र उनीहरूमाथि थप आवश्यक छानबिन भइरहेको विभागले जनाएको छ। अध्यागमन प्रशासनका अनुसार नेपाली नागरिकलाई शर्त राखेर विदेश पठाउने व्यवस्था कानुनमा नभएकाले यस्तो अभ्यास कसरी र किन भयो भन्ने विषयमा छानबिन समितिले विस्तृत अध्ययन गर्नेछ। छानबिनबाट प्राप्त प्रतिवेदनका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी कारबाही गरिने बताइएको छ।

बिज्ञापन

उक्त घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको कार्यप्रणाली र निर्णय प्रक्रियामाथि पनि प्रश्न उठ्न थालेका छन्। छानबिन समितिले सम्बन्धित कागजात, प्रस्थान अनुमति प्रक्रिया तथा संलग्न कर्मचारीको भूमिकाबारे अध्ययन गरी प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष