पालिका पठाएका जेनजी आन्दोलनका अगुवा गणेश घिमिरेले दिए राजीनामा

काठमाडौं । भदौ २३–२४ मा भएको चर्चित जेनजी आन्दोलनपछि सार्वजनिक प्रशासन सुधारको आवाज उठाउँदै आएका शाखा अधिकृत गणेश घिमिरेले सरकारी सेवाबाट राजीनामा दिएका छन्।
सार्वजनिक प्रशासन रूपान्तरण अभियानका संयोजकसमेत रहेका घिमिरेले सोमबार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा पत्रमा उनले आफूले ‘स्वेच्छा’ले सरकारी सेवा त्याग्ने निर्णय गरेको उल्लेख गरेका छन्।

बिज्ञापन

जेनजी आन्दोलनपछि कर्मचारी प्रशासनमा व्यापक सुधारको आवश्यकता रहेको भन्दै घिमिरे नेतृत्वको अभियानले विभिन्न मुद्दा उठाउँदै आएको थियो। अभियानले विशेषगरी दलीय ट्रेड युनियन खारेजी, कसैलाई नचिनीकनै सार्वजनिक सेवा लिन पाउने व्यवस्था, कर्मचारीतन्त्रलाई राजनीतिक प्रभावबाट मुक्त बनाउने लगायतका विषयलाई जोडदार रूपमा उठाउँदै आएको थियो।घिमिरे २०६७ पुस २० गते सरकारी सेवामा प्रवेश गरेका थिए। आफ्नो सेवा अवधिमा उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, श्रम मन्त्रालय लगायतका निकायमा काम गरेका थिए।

बिज्ञापन

त्यस्तै, सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा उनले सगरमाथा क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र घोषणा गराउने पहल गरेका थिए। सो अभियान अन्तर्राष्ट्रिय स्तरसम्म चर्चामा पुगेको थियो र सीएनएन लगायतका प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसबारे रिपोर्टिङ गरेका थिए।

जेनजी आन्दोलनपछि प्रशासनिक सुधारका लागि राजनीतिक तथा प्रशासनिक तहबीच समन्वय गर्ने भूमिकामा देखिएका घिमिरेको राजीनामालाई कर्मचारी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। अब उनी सरकारी सेवा बाहिरबाटै प्रशासन सुधारको अभियानलाई अघि बढाउँछन् वा अन्य कुनै सार्वजनिक भूमिकामा देखिन्छन् भन्ने विषयमा चासो बढेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष