बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

काठमाडौं । सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानका क्रममा सानेपास्थित प्रहरी हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र वर्तमान गृहमन्त्री सुधन गुरुङबीच व्यावसायिक साझेदारीको संकेत गर्ने प्रमाण भेटिएको छ।

बिज्ञापन

अनुसन्धानका क्रममा फेला परेको कागजात अनुसार ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ नामक संस्थामा भट्ट समूह र गृहमन्त्री गुरुङ दुवैको प्रत्यक्ष वा अप्रत्यक्ष लगानी रहेको देखिएको छ। कम्पनीको दर्ता नम्बर ३०४६७०/०७९/८० रहेको छ।

बिज्ञापन

कम्पनीको सञ्चालक लगत हेर्दा तेस्रो नम्बरमा भट्टसँग सम्बन्धित कम्पनी ‘इन्फिनिटी होल्डिङ्स’की प्रतिनिधि कर्मचारी प्रजुनी बज्राचार्यको नाम देखिन्छ। बज्राचार्य उक्त कम्पनीकी सञ्चालकसमेत हुन् र उनी भट्टकै स्वामित्व रहेको इन्फिनिटी होल्डिङ्ससँग सम्बद्ध रहेको खुलेको छ।

त्यस्तै, सोही कम्पनीको सेयर लगतमा ४९ नम्बरमा गोरखा चुमनुब्री गाउँपालिका–२ का स्थायी बासिन्दा दिलबहादुर गुरुङका छोरा सुधन गुरुङको नाम उल्लेख छ। कागजातमा उनको नागरिकता नम्बर ११३७९ उल्लेख गरिएको छ भने उनका नाममा २५ हजार कित्ता सेयर जारी भएको देखिन्छ। सेयरको मूल्यांकन अनुसार उनको लगानी करिब २५ लाख रुपैयाँ बराबर रहेको उल्लेख गरिएको छ।

बिज्ञापन

उक्त कम्पनीमा कुल ५७ जना सेयरधनी रहेको विवरण पनि कागजातमा देखिन्छ। कम्पनीका अध्यक्ष सुजन आचार्य रहेका छन् भने चार जना सञ्चालक छन्। सञ्चालक बज्राचार्य रहेको तथ्यले भट्ट समूहको प्रभाव कम्पनीमा रहेको संकेत गर्छ।

यसैबीच, भट्टसँग विवादास्पद कारोवारमा जोडिएको भनिएको शंकर समूहको स्वामित्वमा रहेको जगदम्बा इन्टरप्राइजेजले पनि सो कम्पनीमा २५ लाख रुपैयाँ बराबरको सेयर लगानी गरेको देखिएको छ।

२०७९ सालमा सम्पन्न संघ, प्रदेश र स्थानीय तहको निर्वाचनपछि नेपाल बीमा प्राधिकरणले सात वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दिएको थियो। स्रोतहरूका अनुसार ती लाइसेन्स वितरणमा भट्ट समूहको प्रभाव रहेको आरोप यसअघि पनि उठ्दै आएको थियो। शंकर समूह, इन्फिनिटी होल्डिङ्स, शेखर गोल्छा, भवानी राणा, पशुपति मुरारका, हरि न्यौपाने, किशनलाल दुगड, आरएमसी जस्तापाता तथा राजेश अग्रवाललगायत व्यावसायिक समूहलाई फाइदा पुग्ने गरी लाइसेन्स वितरण भएको दाबी गरिएको छ।

लाइसेन्स प्राप्त गर्ने कम्पनीमध्ये ‘स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड’ पनि एक हो। यही कम्पनीमा भट्ट समूहसँग सम्बन्धित व्यक्तिहरू र गृहमन्त्री गुरुङको नाम एउटै सेयर सूचीमा देखिनु अहिले अनुसन्धानकर्ताहरूका लागि चासोको विषय बनेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको गृहमन्त्री सुधन गुरुङको व्यक्तिगत विवरण र कम्पनीको सेयर लगतमा रहेको व्यक्तिगत विवरणबीच मिल्दोजुल्दो तथ्य देखिएको स्रोतको दाबी छ।

सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तीव्र पारिरहेको निकायले भट्ट समूहसँग जोडिएका वित्तीय कारोबार, बीमा कम्पनीहरूको लाइसेन्स प्रक्रिया तथा सम्भावित राजनीतिक पहुँचको विषयलाई समेत अध्ययन गरिरहेको जनाइएको छ।

यद्यपि, गृहमन्त्री गुरुङ वा सम्बन्धित पक्षबाट यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन। अनुसन्धान अघि बढ्दै जाँदा बीमा क्षेत्र, व्यापारिक समूह र राजनीतिक नेतृत्वबीचको सम्बन्धबारे थप तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

बिशेष