सिंहदरबार नछाड्ने १९३५ सहित पाँच हजार ‘रैथाने’ कर्मचारीको विस्तृत कर्मचारीको विवरण प्रधानमन्त्रीको टेबलमा पुगेको छ । जसमा खरिदार,सुब्बा,अधिकृतदेखि सचिवसम्मको विवरण रहेको छ । प्राप्त विवरण अनुसार,एउटै मन्त्रालयमा लामो समयदेखि कार्यरत रहने दुई सचिव र ४६ जना सहसचिवको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश भएको छ ।
बिज्ञापन
जस अनुसार सचिवमा नेपाल प्रशासन सेवाका खगेन्द्र प्रसाद नेपाल रहेका छन् । शिक्षा सेवाबाट आएका नेपाल विशेष क्षमताका कर्मचारीका रुपमा विगत ४ वर्ष देखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमै छन्। उनी २०८२ असार २८ गतेबाट अनिवार्य अवकाशमा जानेछन्। ‘फरक क्षमता’ भएका कारण नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विशेष दरबन्दी खडा गरेर सचिव बनाइएको उनी वर्तमान मुख्यसचिव सुमनराज अर्याल अवकाशमा गएको दुई दिन पछि अनिवार्य अवकाशमा जानेछन् ।
यस्का अलवा सचिव सरिता दवाडी विगत दुई बर्षदेखि उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयमा कार्यरत छिन् । लामो समयदेखि सिंहदरबारमा कार्यरत रहेका उच्च प्रशासकहरुमा प्रमुख माटो विज्ञ चन्द्र प्रसाद रिसाल चार बर्षदेखि एउटै निकायमा कार्यरत छन् । स्वास्थ्यका चुमनलाल दास दुई बर्षदेखि,भौतिकका चुणाराज ढकाल एउटै निकायमा २ बर्षभन्दा लामो समयदेखि कार्यरत रहेको विवरण प्रधानमन्त्री कार्यालयमा पुगेको छ । यस्तै,स्वास्थ्यका भक्तबत्सल राउत तीन बर्षदेखि,राष्ट्रिय योजना आयोगमा रहेका यामलाल भुसाल २ बर्षदेखि एउटै निकायमा कार्यरत रहेको विवरणमा उल्लेख छ ।
प्राप्त विवरण अनुसार,दुवराज पोखरेल गृहमा दुई बर्षदेखि,अर्थमा उत्तरबहादुर खत्री तीन बर्षदेखि कार्यरत रहेका छन् । यस्तै,प्रविण मण्डल स्वास्थ्यमा तीन बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहेको विवरणमा समावेश गरिएको छ । महिला बालबालिका मन्त्रालयमा आभा श्रेष्ठ चार बर्षदेखि कार्यरत रहेको विवरणमा उल्लेख छ । स्वास्थ्यकै विष्णु खतिवडा चार बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहेको विवरणमा उल्लेख छ ।
बिज्ञापन
यता,हुमबहादुर केसी कानुन मन्त्रालयमा सात बर्षदेखि,स्वास्थ्यको रेश्मा श्रेष्ठ तीन बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहेको विवरणमा उल्लेख छ । निजामती सेवा नियमावली, २०५० मा कर्मचारीको सरुवा सामान्यतया प्रत्येक दुई वर्षमा गर्नुपर्ने व्यवस्था छ। अर्थात् विशेष अवस्थाबाहेक सहसचिवभन्दा तलका कुनै पनि कर्मचारी दुई वर्षभन्दा बढी एउटै कार्यालयमा बस्न मिल्दैन तर सिंहदरबारभित्रैका मन्त्रालयका एउटै कर्मचारी दुई बर्षदेखि सात बर्षसम्म पहुँच र शक्तिका भरमा टिकिरहेको विवरण प्रधानमन्त्री कार्यालयमा पठाइएको छ ।
जसमा खानेपानीमा मीना श्रेष्ठ ४ बर्षदेखि,कानुनमै मानबहादुर अर्याल ७ बर्षदेखि छोड्नु नपरेको विवरणमा उल्लेख छ । यस्तै,परराष्ट्रका कृष्णप्रसाद ढकाल तीन बर्षदेखि एउटै कार्यालयमा कार्यरत रहेको,हरिकुमार पोखरेल तीन बर्षदेखि भौतिकमा,गौरव गिरी चार बर्षदेखि सञ्चारबाट दायाँबायाँ हुनु नपरेको,राजन पाण्डेले चार बर्षदेखि स्वास्थ्य मन्त्रालयमा रजाई गरिरहेको,राजन पाण्डेले पाँच बर्ष,शैलेन्द्र विक दुई बर्ष,भृगु ढुंगना,यामप्रसाद भुसाल,सुरेश थापा,वन मन्त्रालयका सहसचिव महेश्वर ढकालदेखि सो सूचीमा प्रधानमन्त्री कार्यालयमै पाँच बषदेखि सरुवा हुन नपर्ने भाग्यमानी कर्मचारीको रुपमा शिवादेवी दाहाल,भूमि मन्त्रालयका गणेश प्रसाद भट्ट २ बर्षदेखि सोही मन्त्रालयमा सुशील डंगोल चार बर्षसम्म कतै जानु नपरेको विवरणमा समावेश छ ।
यस्तै,दिप वराही दुई बर्षदेखि भौतिकमै रहेको,विष्णु गौतम,धनीराम शर्मा तीन बर्षदेखि अर्थमै रहेको विवरण तयार भएको छ । भुवन अधिकारी ६ बर्षदेखि भौतिकमै रहिरहेको,दिलिप भण्डारीले तीन बर्षदेखि सहरी मन्त्रालयमा टिक्न सफल भएको विवरण तयार भएको छ ।
































