बेत्रावतीमा ट्राफिकको ‘असुली’ : प्रतिदिन सयौँ सवारीबाट अवैध रकम उठाइँदै

काठमाडौं । रसुवाको उत्तरगया गाउँपालिका–५ बेत्रावती क्षेत्रमा ट्राफिक प्रहरीको नाममा खुलेआम अवैध असुली भइरहेको आरोप स्थानीय र सवारी चालकहरूले लगाएका छन्। केरुङ नाकाबाट नेपालतर्फ आउने मालवाहक गाडी, निजी कार, पिकअप तथा मोटरसाइकललाई रोकी विभिन्न बहानामा रकम उठाउने गतिविधि त्यहाँ नियमित जस्तै भएको गुनासो बढ्दो छ।

बिज्ञापन

स्थानीयका अनुसार बेत्रावती सडकखण्डमा ट्राफिक प्रहरीहरूले सवारी चालकसँग लाइसेन्स, ब्लुबुक तथा अन्य कागजात माग्ने र कागजपत्रमा कमजोरी भेटिएको भन्दै डर देखाएर नगद असुल्ने गरेका छन्। तर रकम दिएपछि भने न त रसिद काटिन्छ, न त औपचारिक कारबाही गरिन्छ। यसले कानुन कार्यान्वयन गर्ने जिम्मेवारी पाएको निकाय नै अवैध असुलीमा संलग्न रहेको आरोपलाई बलियो बनाएको छ।

बिज्ञापन

सवारी चालकहरूका अनुसार केही ट्राफिक प्रहरीले मासिक र दैनिक ‘रेट’ नै तोकेर रकम असुल्ने गरेका छन्। केरुङबाट आउने मालवाहक गाडी तथा सामान बोकेका पिकअपलाई लक्षित गर्दै विशेष गरी साँझपख बढी चेकजाँच गर्ने गरिएको उनीहरूको भनाइ छ। “जरिवानाको डर देखाएर ५ सयदेखि १ हजार रुपैयाँसम्म लिएर छोड्ने गरिएको छ,” एक सवारी चालकले नाम नखुलाउने सर्तमा बताए।

स्थानीय बासिन्दाले बेत्रावती क्षेत्रमा मोटरसाइकल तथा अन्य सवारी साधनलाई रोकेर विभिन्न बहाना बनाउँदै अवैध असुली गर्ने दृश्य सामान्यजस्तै भएको बताएका छन्। ब्लुबुक, लाइसेन्स वा मादक पदार्थ सेवन (मापसे) जाँचको नाममा चेकिङ गरिए पनि त्यसको उद्देश्य कानुन कार्यान्वयनभन्दा बढी रकम उठाउनेतर्फ केन्द्रित रहेको उनीहरूको आरोप छ।

बिज्ञापन

यस प्रकरणमा ट्राफिक प्रहरी सहायक हवल्दार रेनुका चापकोटाको नाम पटक–पटक जोडिँदै आएको स्थानीय बताउँछन्। उनीमाथि यसअघि पनि बेत्रावती क्षेत्रमा असुली गरेको गुनासो जिल्ला प्रहरी कार्यालय हुँदै केन्द्रसम्म पुगेको थियो। त्यसपछि तत्कालीन डीएसपी हेमबहादुर शाहीले उनलाई सदरमुकाम धुन्चेमा सरुवा गरेका थिए।

तर केही समयपछि पुनः उनलाई त्यही बेत्रावती क्षेत्रमा खटाइएपछि पुरानै शैली दोहोरिएको स्थानीयको आरोप छ। अहिले बेत्रावती क्षेत्रमा उनी सक्रिय रहेको र मोटरसाइकल तथा अन्य सवारी साधन रोकेर रकम असुल्ने काम भइरहेको दाबी गरिएको छ।

स्थानीयका अनुसार उक्त क्षेत्रमा उनका श्रीमान् प्रहरी हवल्दार आवास तामाङ पनि कार्यरत छन्। श्रीमान–श्रीमती मिलेर सवारी साधनलाई लक्षित गर्दै असुलीको जालो फैलाएको चर्चा व्यापक भएको स्थानीय बताउँछन्। “साँझ परेपछि जुन सवारीबाट पैसा उठ्ने सम्भावना हुन्छ, त्यही सवारीलाई मात्र रोकिने गरेको देखिन्छ,” एक स्थानीयले बताए।

केरुङ नाकाबाट आउने सवारी साधनको संख्या उल्लेख्य हुने भएकाले बेत्रावती क्षेत्र ट्राफिक जाँचको मुख्य बिन्दु मानिन्छ। तर यही स्थानलाई केही प्रहरी कर्मचारीले अवैध कमाइको माध्यम बनाएको आरोप उठेपछि स्थानीय तहदेखि प्रशासनसम्म दबाब बढ्न थालेको छ।

यस विषयले रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीलाई समेत टाउको दुखाइ बनेको बताइएको छ। उनले महिला ट्राफिक प्रहरीको गतिविधिबारे पटक–पटक गुनासो र रिपोर्टिङ आएको स्वीकार गरेका छन्। “यस विषयमा हामीकहाँ पटक–पटक जानकारी आएको छ, तर सरुवालगायतका प्रक्रिया हुन नसक्दा समस्या जटिल बनेको छ,” उनले बताएका छन्।

स्थानीय तथा सवारी चालकहरूले भने ट्राफिक प्रहरीको नाममा भइरहेको यस्तो गतिविधिले राज्यको कानुनी संरचनामाथि नै प्रश्न उठाएको बताएका छन्। उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।

यदि यस्ता आरोपको निष्पक्ष छानबिन भएन भने सीमावर्ती क्षेत्रमा सवारी चालक र व्यवसायीमाथि हुने अवैध असुली अझै संस्थागत हुने खतरा रहेको सरोकारवालाहरू बताउँछन्। अहिले बेत्रावती क्षेत्रमा ट्राफिक चेकजाँच कानुन कार्यान्वयनभन्दा बढी अवैध कमाइको माध्यम बनेको आरोपले प्रशासनिक संयन्त्रलाई गम्भीर चुनौती दिएको देखिन्छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा दुई लाख घुससहित पक्राउ

बेत्रावतीमा ट्राफिकको ‘असुली’ : प्रतिदिन सयौँ सवारीबाट अवैध रकम उठाइँदै

सचिवज्यू,यही हो त सुशासन ?

यही बर्ष अनिवार्य अवकाशमा जाँदैछन् २२ जना सचिवहरु

सचिव काफ्ले–सहसचिव भण्डारीको ‘सेटिङ’:- श्रम मन्त्रालयमा ५ महिनादेखि ८ कर्मचारी जिम्मेवारीविहीन

उत्कृष्ट राष्ट्रसेवकको तक्मा थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

विश्वब्यापी इन्धन संकट र नेपालको सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता

जनकपुरका माफियाको पहुँच मन्त्रालयसम्म

बिशेष