दुई सातामै ३ हजार ५ सय कर्मचारी कारवाहीमा

संघीय मामिला तथा सामान्य प्रशासनका सहसचिवहरु नै छड्केमा परेका छन् । राष्ट्रिय सतर्कता केन्द्रले पछिल्लो छड्केमा संघीय मामिला तथा सामान्य प्रशासनका २ सहसचिव,७ उपसचिव सहित ६९ जना कर्मचारीहरु कारवाहीमा परेका छन् ।

बिज्ञापन

केन्द्रका अनुसार,अर्थ मन्त्रालयका ३७ जना कर्मचारीहरु कारवाहीमा परेका छन् । यस्तै रक्षा मन्त्रालयका ४१ जना कर्मचारीहरु कारवाहीको सिफारिस गरिएको छ भने गृह ३९ जना कर्मचारीहरु छड्केमा परेका हुन । यस्तै परराष्ट मन्त्रालयका ३६ जना कर्मचारीहरु छड्केमा परेका छन् । यस्तै, उद्योग मन्त्रालयका २६ कारवाहीमा परेका छन् । यस्तै, कानुन मन्त्रालयका १२ जना कर्मचारीहरु यो बीचमा केन्द्रको छड्केमा परेका छन् । केन्द्रका अनुसार युवा तथा खेलकुद मन्त्रायका १०,शहरी मन्त्रालयका ५ जना कर्मचारी केन्द्रको छड्केमा परेका हुन ।यस्का अलवा डिल्ली बजारस्थित नापी कार्यालयका ७,भन्सार बिभागका ३५,राहदानी बिभागका १५,कन्सुलरका सात जना कर्मचारीहरु छड्केमा परेका छन् ।
केन्द्रको अनुगमनको क्रममा राष्ट्रिय औषधि प्रयोगशालाका ८ जना,नापी बिभागका ३४ जना फन्दामा पर्दा श्रम बिभागका ९,औषधि बिभाग १२ जना कर्मचारीहरु छड्केमा परेका छन् । यस्तै,केयूकेएलका सबैभन्दा धेरै ६९ जना कर्मचारीहरु कामचोर रहेको खुलेको छ भने त्रिपुरेश्वरस्थित नेपाल टेलिकमका १० जना छड्केमा परेका छन् । प्रधानमन्त्री मातहतको निकाय केन्द्रले गत चैत १६ मुलुकभरका १ सय ८८ सरकारी कार्यालयमा अनुगमन गर्दा हालसम्म ३ हजार ५ सयभन्दा बढी कर्मचारीमाथि कारबाहीको सिफारिस गरिएको छ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा र कार्यालय समय ९ बजेदेखि ५ बजे बनाएसँगै प्रधानमन्त्री मातहतको उक्त कार्यालयले संघीय मन्त्रालय, विभाग र कार्यालयहरूमा गरिएका छड्केमा साढे तीन हजार कर्मचारीहरु कारवाहीमा परेका हुन ।

बिज्ञापन

केन्द्रले कार्यालय समयमा कार्यालय आइ पुगेको अर्थात नपुगेको,आफ्नो कार्यकक्षमा भेटिए तथा नभेटिएको र तोकिएको पोसाक लगाएका अर्थात नलगाएको बिषयमा अनुगमन गर्दै आएको छ । सो क्रममा ३ हजार ५ सय १२ जना कर्मचारी कारबाहीको दायरामा परेका छन् । सर्तकता केन्द्रले दिएको जानकारीअनुसार सबैभन्दा बढी शिक्षण अस्पताल, महाराजगन्जमा एकैदिन १ हजार २ सय ४३ जना कर्मचारी छड्केमा परेका छन् । त्यस्तै, कान्ति बाल अस्पतालमा ४ सय ३, निजामती अस्पतालमा १ सय ५३ र पाटन अस्पतालमा १ सय २० जना कर्मचारीमाथि कारबाहीको सिफारिस गरिएको छ ।केन्द्रले गत १६ र १७ चैत्रमा विभिन्न १६ वटा संघीय अस्पतालहरु शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर र स्वास्थ्य सेवा विभागमा अनुगमन गरेको थियो।

यसका साथै, सिंहदरबारभित्रका विभिन्न मन्त्रालय तथा निकाय र नागरिकको बढी भिडभाड हुने कार्यालयहरूमा पनि छड्के जाँच गरिएको छ । जस अनुसार,१८ गते १३ वटा सरकारी कार्यालय,१९ गते १०,२० गते ७ सरकारी कार्यालयमा छड्के अनुगमन गरेको थियो । यस्तै,२२ गते १०,२३ गते ६ मन्त्रालय,विभाग,निकाय तथा कार्यालयहरुको अनुगमन गरेको केन्द्रको टोली २३ देखि काठमाडौं बाहिरका ७ वटा जिल्लामा अनुगमन जारी राखेको छ ।

बिज्ञापन

कार्यालयले संघीय मन्त्रालय तथा कार्यालयहरुको अनुगमन गर्दा बिहान ९ बजे कार्यालय पुगेर हाजिर गर्ने तर क्यान्टिनतिर हराउनेदेखि घर पुग्ने गरेको अनुमगनको क्रममा खुलेको अधिकारीहरुले जनाएका छन् । राष्ट्रिय सतर्कता केन्द्रले छड्के अनुगमनमा परेका कर्मचारीको नाम,पदसम्मको विवरण प्रधानमन्त्री कार्यालयमा पेश गर्दै आएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारमा सशस्त्रका अधिकृतको गोप्य दौडधूप : बढुवा प्रभावित पार्न खोजेको आशंका

कर्मचारी ट्रेड युनियनका नेताहरु तितरवितर

नयाँ सरकारसँग डराएनन कर्मचारी : तीन सातामै ९ कर्मचारी,२ प्रहरी रंगेहात पक्राउ

मालपोत कार्यालय रुपन्देहीका नायब सुब्बा दुई लाख घुससहित पक्राउ

बेत्रावतीमा ट्राफिकको ‘असुली’ : प्रतिदिन सयौँ सवारीबाट अवैध रकम उठाइँदै

सचिवज्यू,यही हो त सुशासन ?

यही बर्ष अनिवार्य अवकाशमा जाँदैछन् २२ जना सचिवहरु

सचिव काफ्ले–सहसचिव भण्डारीको ‘सेटिङ’:- श्रम मन्त्रालयमा ५ महिनादेखि ८ कर्मचारी जिम्मेवारीविहीन

बिशेष