औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

काठमाडौं । औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई विभागको नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएकी हुन्।

बिज्ञापन

यसअघि विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई मन्त्रालयमा तानिएपछि उक्त पद रिक्त बनेको थियो। मन्त्री मेहताले गत चैत २६ गते ढकाललाई मन्त्रालय तानेकी थिइन्। त्यसपछि विभागको नेतृत्व अस्थायी रूपमा सम्हाल्न खड्गीलाई निमित्त महानिर्देशक तोकिएको हो।

बिज्ञापन

मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि खड्गीलाई उक्त जिम्मेवारी दिएको जनाएको छ। खड्गी यसअघि विभागमै दशौँ तहकी वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत थिइन्।
यता औषधिको मूल्यवृद्धि सम्बन्धी विवादपछि स्वास्थ्य मन्त्रालयले सो विषयमा छानबिन प्रक्रिया पनि अघि बढाएको छ। चैत २७ गते डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

नायब सुब्बाको बढुवा दरखास्तको म्याद थप

२४ घण्टाभित्रै सवारी साधनको विवरण उपलव्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

ओएनएमको राष्ट्रिय मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृत,यस्ता छन् अरु सात निर्णय

नयाँ सरकार बनेको तेस्रो साता, तेस्रो वैदेशिक ऋृण स्वीकार

पूर्व न्यायधीशको संयोजकत्वमा सम्पत्ति जाँचबुझ अयोग गठन

नेपालको हुलाक सेवाको पुनर्संरचना: बालेन सरकारका लागि अवसर

लेखापाल,लेखा अधिकृतदेखि प्रदेशका सचिवसहित १६ विरुद्ध भ्रष्टाचार मुद्धा

बिशेष