लोकसेवा आयोगले नायब सुब्बा वा सो सरहको बढुवा दरखास्तको समय थप गरेको छ । आयोगका अनुसार नेपाल प्रशासन सेवा,लेखा समूहका लागि बढुवा दरखास्तको मिति बिहिबार र शुक्रवार गरी दुई दिन थप गरिएको हो ।
लोकसेवा आयोगको बढुवा सूचना नम्बर ९९६/ ८२- ८३ को सूचनाबाट गत फागुन ४ गते लोकसेवा आयोग दिपायलको बढुवा सूचनामा दरखास्त संकलन कार्य यथास्थितिमा राखिएकोमा उच्च अदालत पाटनमा राम बहादुर राना लगायतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरवार काठमाडौँ , महालेखा नियन्त्रक कार्यालय सिंहदरवार काठमाडौँ , कोष तथा लेखा नियन्त्रक कार्यालय मंगलसेन अछाम , लोक सेवा आयोग केन्द्रीय कार्याल कमलपोखरी काठमाण्डौ र दीपायल कार्यालयविरुद्ध अदालतमा रिट दायर गरेका थिए ।
सोही रिट उपर न्यायधीशद्धय ऋषिराम निरौला र नारायणप्रसाद सुवेदीको संयुक्त इजलासबाट रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेसँगै अदालतबाट प्राप्त फैसला कार्यन्वयनको सम्बन्धमा बिहिबार र शुक्रवारसम्म थप गरिएको आयोगले जनाएको छ ।
नायब सुब्बाको बढुवा दरखास्तको म्याद थप
0%
0%
0%
0%
0%
0%




























