प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा रहेका सवारी साधनहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। कार्यालयले सबै मन्त्रालयमा सञ्चालमा रहेका सवारीसाधनहरूको विवरण बिहीबारसम्म पठाउन पत्रमार्फत निर्देशन दिएको छ । सचिव स्तरीय निर्णय अनुसार सबै मन्त्रालयमा मन्त्रालय र अन्तर्गत विभाग–कार्यालयमा प्रयोगमा रहेको र मर्मत कार्य भइरहेका दुई पांग्रे र चार पांग्रे सवारी साधनहरूको विवरण विवरण पठाउन निर्देशन दिएको हो
बिज्ञापन
मन्त्रालयले सबै मन्त्रालयलाई पत्राचार गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयहरूमा प्रयोगमा रहेका तथा मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण पठाउन भनेको हो । पत्रमा उल्लेख भएअनुसार, सबै मन्त्रालयले २०८३ वैशाख ३ गते कार्यालय समयभित्रै तोकिएको ढाँचामा विवरण अनिवार्य रूपमा बुझाउन भनिएको छ ।
शाखा अधिकृत आनन्द राम श्रेष्ठद्वारा हस्ताक्षरित सो पत्रमार्फत सबै मन्त्रालयलाई यस कार्यमा सहयोग गर्न अनुरोध गरिएको छ । प्रधानमन्त्री कार्यालयले सवारी साधनको पारदर्शी व्यवस्थापनका लागि सवारीको ब्रान्ड र मोडल, सवारी साधन नम्बर, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल–पेट्रोल–विद्युतीय), प्रयोगकर्ताको नाम र पद, सवारी साधनको वर्तमान अवस्था (चालु वा मर्मतमा रहेको) विवरण माग गरिएको छ ।































