सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

रास्वपा सरकारले निजामती कर्मचारीप्रति कडाई गरेसँगै केही कर्मचारीहरुले पारिवारिक र स्वास्थ्यको कारण देखाउँदै सेवाबाटै राजीनामा दिन थालेका छन् । लामो समय सिंहदरबार आसपास कार्यरत रहेका शाखा अधिकृतहरुलाई नयाँ सरकारले स्थानीय तहमा खटन पटन गरेको थियो,केही अगाडि । तिनै मध्येका दुई जना शाखा अधिकृतले हालैमात्र सरकारी सेवाबाटै राजीनामा दिएका हुन ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा खटाएपछि दार्चुलाको व्यास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएका हरि पौडेल र नुवाकोटको तारकेश्वर गाउँपालिकामा खटाइएका शेखरनिधि पौड्यालले राजीनामा दिएका हुन्।दुवै अधिकृतले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्।

बिज्ञापन

दुवै अधिकृतको राजीनामा मन्त्रालयमा बुझाइसकिएको स्रोतले जनाएको छ। मन्त्रालयले भने राजीनामा स्वीकृत गर्ने वा नगर्ने विषयमा आन्तरिक छलफल गरिरहेको बताइएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिकामा खटाइएका दुई शाखा अधिकृतले दिए राजीनामा

ऋषि धमलाले तिरेनन ७५ लाख,कार्यालयमा सरकारले लगायो ताला

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

‘कामचोर’ कर्मचारीहरुको विस्तृत विवरण प्रधानमन्त्रीको टेबलमा

सिंहदरबारभित्र ‘कर्मचारी स्क्यान’ : बालेनले मागे दरबन्दी, करार र वर्षौंदेखि जमेका कर्मचारीको सूची

गृहमन्त्रीसँग हदबन्दीभन्दा १४६ रोपनी बढी जग्गा,होला त जफत ?

निजामती सेवामा ठूलो संरचनात्मक परिवर्तनको तयारी, संघमा दरबन्दी ३० हजारमा सीमित गर्ने प्रस्ताव

मन्त्रालयमा पैसा नबुझाएपछि दुई वर्षमा १४ पटक सरुवा

बिशेष