सरकारी सेवाबाटै बर्खास्तमा परे खरिदार

दुग्ध विकास संस्थान (डिडिसी) ले लामो समयदेखि गैरहाजिर रहेका एक कर्मचारीलाई सेवाबाट हटाएको छ ।

बिज्ञापन

बिदा स्वीकृत नगराई विगत डेढ वर्षदेखि कार्यालय नगएका जुनियर टेक्निकल असिस्टेन्ट गौरवराम सार्की वर्खास्तीमा परेका हुन् । उनी २०८१ साउन १५ गतेदेखि गैरहाजिर रहेको संस्थानले जनाएको छ ।

बिज्ञापन

सार्कीले कर्मचारी प्रशासन विनियमावली, २०६३ (आठौं संशोधनसहित) विपरीत गतिविधि गर्नुका साथै बारम्बार आचारण र अनुशासनहीन काम र पदीय जिम्मेवारी बेवास्ता गरेको संस्थानले जारी गरेको सूचनामा उल्लेख छ । उनलाई स्पष्टीकरण सोधिएकोमा सन्तोषजनक जवाफ नदिएको सूचनामा जनाइएको छ ।

संस्थानका अनुसार २०८१–०४–१५ गगेदेखि ०८२–१०–२६ गतेसम्मको गयलकट्टा गरी उनलाई सेवाबाट हटाइएको हो । सूचनामा भनिएको छ, ‘मिति २०८१–०४–१५ गतेदेखि मिति २०८२––१०–२६ गतेसम्म गयलकट्टा गरी ऐ।विनियम १३५ को उपविनियम (१) बमोजिम तपाईंलाई भविष्यमा संस्थानको सेवाको निमित्त अयोग्य नठहरिनेगरी मिति ०८२–१०–२६ गतेको निर्णयानुसार मिति ०८०–१०–२७ गतेदेखि लागू हुनेगरी संस्थानको सेवाबाट हटाइएको जानकारी गराइन्छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष