प्रशासन अधिकृत,कम्युटर अपरेटर र विचौलियाविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमति पत्र) पोखरामा कार्यरत प्रशासन अधिकृत र कम्युटर अपरेटरविरुद्ध विशेषमा मुद्धा चलाएको हो ।

बिज्ञापन

आयोगका अनुसार,सवारी अनुमति पत्र (लाइसेन्स)को अभिलेखमा झुटो विवरण राख्ने दुई कर्मचारी तत्कालीन प्रशासन अधिकृत शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकाल र उनीहरूले कार्यालयको अभिलेख बमोजिम हिमबहादुर बस्नेत थापाको नाममा ए र बी वर्गको पुरानो सवारी चालक अनुमति पत्र जारी नै नभएको जानकारी हुँदाहुँदै गैरकानुनी तरिकाले सच्याउने र हेरफेर गरेको भेटिएसँगै तीन जनालाई अख्तियारले प्रतिवादी बनाएको हो ।

बिज्ञापन

अख्तियारका अनुसन्धानको क्रममा नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरी अनियमितता गरेको ठहर गर्दै विशेषमा मुद्धा दाष्र गरिएको हो । अख्तियारले प्रतिवादी बनाएकामध्ये शंकर थापा आठौं तहका कर्मचारी हुन भने जगत ढकाल कम्युटर अपरेटरका रुपमा कार्यरत थिए । उनले बागलुङको गलकोट नगरपालिका–२ का हिम बहादुर बस्नेत थापासँग मिलेमतो गरी सरकारी अभिलेख सच्याएको भेटिएको अख्तियारले जनाएको छ । सरकारी कागजात र विद्युतीय अभिलेख सच्याएर भ्रष्टाचार गरेको पुष्टि भएपछि अख्तियारले प्रशासन अधिकृत थापा, अपरेटर ढकाल र सेवाग्राही बस्नेतलाई अख्तियारले प्रतिवादी बनाएको हो ।  अख्तियारले शंखर थापा र जगत ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाकही गर्न माग गरेको छ । त्यस्तै हिमबहादुर थापा बस्नेतविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम कसुरजन्य कार्यको गैरकानुनी लाभ लिने प्रकृतिको मतियार भएको भन्दै कारबाहीको माग गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष