आफूलाई भेट्न एक दिनअघि नै गुगल फर्म भर्नुपर्ने भएपछि पर्यटनमन्त्री बिवादमा

संष्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पछिल्ला गतिविधिका कारण आलोचित छन् ।

बिज्ञापन

पर्यटनमन्त्री पौडेलले केही दिन अगाडि मनत्रीलाई भेट्दा मोवाइल फोन लैजान नपाइने नियम बनाए । मन्त्रालय वा अन्य स्थानमा भएका भेटघाटका क्रममा खिचिएका तस्बिरहरू प्रयोग गरी केही व्यक्तिहरूले मन्त्रीसँग आफ्नो विशेष सम्बन्ध रहेको दाबी गर्दै विभिन्न सर्वसाधारण तथा सरकारी निकायहरूबाट अनधिकृत लाभ लिन प्रयास भएको भन्दै उनले यस प्रकारको आग्रह गरेका थिए । यस्ता गतिविधिलाई नियन्त्रणमा लिन र मन्त्रालयको कार्यसम्पादनलाई थप व्यवस्थित, मर्यादित तथा पारदर्शी बनाउन आजैदेखि लागू हुने गरी कार्यकक्षभित्र मोबाइल फोनलगायत विद्युतीय उपकरण लैजान प्रतिबन्ध लगाइएको मन्त्री पौडेलले स्पष्ट पारेका छन्।

बिज्ञापन

तर तत्कालीन समयमा उद्योगमन्त्री दामोदर भण्डारीले समेत यसैगरी मोवाइल फोन लैजान निषेध लगाएका थिए । तत्कालीन समयमा मन्त्रीहरुको अडियो काण्ड छरपष्ट भएसँगै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको कार्यकक्ष बाहिर सूचना टाँसेर मोवाइल फोन लकरमा राखेरमात्र भित्र प्रवेश गर्न भनिएको थियो । उच्च पदस्थलाई भेट्न जाँदा मोबाइल बाहिरै छोड्नुपर्ने अभ्यास नभए पनि सो समयका उद्योगमन्त्रीले यस प्रकारको शुरुवात गरेका थिए ।

यस्तै मन्त्रालयले जारी गरेको सूचनाअनुसार भेटघाटका लागि इच्छुकले कम्तीमा एक दिनअघि मन्त्रालयको वेबसाइटमा राखिएको गुगल फर्म भरेर आफ्नो विवरण दर्ता गर्नुपर्नेछ। दर्ता नगरी अचानक मन्त्रीसँग भेट गर्न आउने व्यवस्था अब मान्य नहुने जनाइएको छ। भेटघाटका लागि दैनिक समय दिउँसो ३ बजेदेखि ४ बजेसम्म मात्र तोकिएको छ। मन्त्रालयले सो समयसीमाभित्र मात्र सेवाग्राहीसँग भेटघाट गरिने स्पष्ट पारेको छ। अनलाइन फाराममा भेट्न चाहने व्यक्तिले आफ्नो नाम, ठेगाना, पद वा कार्यरत निकाय, सम्पर्क नम्बर तथा भेटको उद्देश्य उल्लेख गर्नुपर्नेछ। साथै भेट गर्न चाहेको विषय र मिति पनि अनिवार्य रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

बिज्ञापन

मन्त्रालयका अनुसार अधिकांश भेटघाट संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित विषयमा केन्द्रित रहनेछन्। तर अन्य कुनै विषयमा पनि भेट गर्न चाहनेले फाराममा ‘अन्य’ शीर्षकमा आफ्नो उद्देश्य उल्लेख गर्न सक्नेछन्। केही दिनदेखि मन्त्री पौडेललाई भेट्नका लागि मन्त्रालयको वेबसाइटमा रहेको गुगल फर्म भरेर नाम दर्ता गर्नुपर्ने व्यवस्था गरिएको,मन्त्रीलाई भेट्नका लागि अनलाइनबाट नाम दर्ता गर्नुपर्ने व्यवस्थाका बिषयमा समेत अनेकन टिका टिप्पणी भइरहँदा मन्त्री पौडेलले आफूलाई प्रलोभनमा पार्न नसकेपछि विवादमा तान्ने पुरानो चलन चलाइएको भन्दै स्पष्टीकरण दिएका छन् । उनले अन्य माध्यमबाट भेटघाट गर्न सकिने उल्लेख गर्दै अनलाइन माध्यमबाट समेत समय लिन सकिने व्यवस्था गरिएको भन्दै प्रष्टाएका छन् । मन्त्रालयका अधिकारीहरूले नयाँ प्रणाली लागू भएपछि मन्त्रीको समय व्यवस्थापन सहज हुने र सेवाग्राहीसँगको भेटघाटलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष