एकै पटक नासुदेखि सहसचिवसम्मका १० कर्मचारी निलम्बित

अख्तियारले सुन तस्करी प्रकरणमा भ्रष्टाचार मुद्धा चलाएसँगै एकै पटक नासुदेखि सहसचिव तहसम्मका १० जना कर्मचारीहरु निलम्बनमा परेका छन् ।

बिज्ञापन

अख्तियारले विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दा महरा, उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल, चार जना विदेशी नागरिकसहित १८ जना र एक कम्पनीलाई प्रतिवादी बनाएर मुद्धा विशेषमा लगेको हो । अख्तियारको अनुसन्धानले देखाएअनुसार २०७९ पुस १० गते दुबईबाट ‘फ्लाई दुबई’ को उडान ९एफजेड ०५८७० मार्फत नेपाल आएका चिनियाँ नागरिक ली हाङ सोङले २ वटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान भेप ल्याएका थिए। ती भेपभित्र बहुमूल्य सुन लुकाइएको थियो। आरसी क्षेत्रमा खटिएका भन्सार अधिकृत सुवेन्द्र श्रेष्ठलगायतका कर्मचारीले सुन भएको थाहा हुँदाहुँदै भौतिक जाँच गरेनन्। बरु पछि अनुकूल समयमा ती सामान सट्टापट्टा गरी लैजाने नियतले जफत गर्ने निर्णय गरे। यति मात्र होइन, जफत गरिएको सामान तोकिएको गोदाममा नराखी लामो समयसम्म प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठको कार्यकक्षमै राखियो।

बिज्ञापन

सोही प्रकरणमा कनेक्सन जोडिएको भन्दै महरा र उनका पुत्र रेशम महराले चिनियाँ नागरिक दावा छिरिङ, निमा गुरुङलगायतसँग मिलेर अस्वाभाविक चलखेल सुरु गरेका थिए। उनीहरूले भन्सार विभागका प्रमुख प्रशासक अरुण पोखरेललगायतलाई प्रभावमा पारी ती सामान भन्सारबाट निकाल्न पटक पटक भेटघाट र फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ। उनीहरूको योजनाअनुसार गोदामबाट सुन भएका भेप निकालेर सुन नभएका भेप राखियो। अनि आफ्नो अपराध लुकाउन ती सामान लिलाम भएको देखाइयो। लिलामी शाखाका नायब सुब्बा रेवन्त खड्का र व्यापारी दिनेश बस्नेतले भारतीय नागरिकहरूमार्फत ओटुस्थित पशुपति सुनचाँदी पसलबाट उक्त सुन बिक्री गराए।

सुन बिक्रीबाट प्राप्त अवैध रकम दीपिका थापा, प्रेरणा थापा, ललिता थापा र डेक्सटर ट्राभल्स एन्ड टुर्स प्रालि को खातामा जम्मा गरियो। साथै, रामकेशव थापा क्षेत्री र अमृत कार्कीको नाममा जग्गा खरिद गरी सम्पत्तिको व्यवस्थापनसमेत गरियो। यसरी कुल ८ हजार ४८० दशमलव ५१ ग्राम सुनबापत हुन आउने सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बराबरको सम्पत्ति हिनामिना गरेको पुष्टि भएपछि अख्तियारले संलग्न सबैविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
सो प्रकरणमा अख्तियारले सहसचिव अरुण पोखरेलसहित तत्कालीन प्रमुख भन्सार अधिकृत मुक्ति प्रधान श्रेष्ठ,अम्विका प्रसाद खनाल,भन्सार अधिकृत रमेशकुमार खतिवडा,सुबेन्द्र श्रेष्ठ,नासु सुर्वणप्रभा केसी,भुषणराज घिमिरे,उमेश प्रसाद कोइराला र मधुसुदन पोखरेल निलम्बनमा परेका हुन । जसमध्ये रेवन्त खड्का कारागारमा यस अघि नै पुगिसकेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

५४ उपसचिव,१४ शाखा अधिकृतको सरुवा,२७ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

एकै पटक नासुदेखि सहसचिवसम्मका १० कर्मचारी निलम्बित

सहसचिव पोखरेलसहित २८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर ७ करोड ७८ लाख बिगो

१४ दिनमै मन्त्री पदबाट बर्खास्त,स्वास्थ्यमन्त्रीलाई सचेत

सामान्य प्रशासनमन्त्री अस्पतालमा भर्ना

पूर्व प्रशासकहरुलाई धमाधम नियुक्ति

नेपोटिजम विवादमा श्रममन्त्री,पदबाट हटाउने तयारी

मुटु भित्रै देश

बिशेष