सहसचिव पोखरेलसहित २८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर ७ करोड ७८ लाख बिगो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करीमा संलग्न रहेको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ। अख्तियारले भन्सारका कर्मचारीसहित २८ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्धा लगेको हो ।

बिज्ञापन

अख्तियारका अनुसार,सुन तस्करी प्रकरणमा सभामुख महराका साथैं उनका छोरा राहुल र सहसचिव अरुण पोखरेल,  भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, नायब सुब्बा रेवन्त खड्का, महराका छोरा राहुल महरा (निर्मल), चिनियाँ नागरिक दाओजिन वाङ, लोकेन्द्र पौडेल लगायतलाई प्रतिवादी बनाएको छ । चार जना विदेशी नागरिकसमेतलाई विशेष अदालतमा मुद्दा दायर गरेको हो । पोखरेल भने तत्कालीन अवस्थामा त्रिवि भन्सार कार्यालयका प्रमुख प्रशासक थिए ।

बिज्ञापन

अख्तियारले ७ करोड ७८ लाख विगो माग दाबी गरेको छ । चिनियाँ गिरोहले २०७९ मा भेपको आवरणमा सुन भित्र्याउन खोज्दा भन्सारले पक्राउ गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा महरा र उनका छोरा राहुल लगायतको संलग्नता भेटिएको थियो ।
२०७९ पुसमा चिनियाँ गिरोहले भेपको आवरणमा भित्र्याएको सुन पास गराउन पूर्वसभामुख महरासहितका व्यक्तिले काम गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

यही प्रकरणमा महरा यसअघि पक्राउ परेका भए पनि उच्च अदालतले मागेको धरौटी बुझाएर उनी केही महिना अघि मात्र रिहा भएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

एकै पटक नासुदेखि सहसचिवसम्मका १० कर्मचारी निलम्बित

सहसचिव पोखरेलसहित २८ विरुद्ध भ्रष्टाचार मुद्धा दायर ७ करोड ७८ लाख बिगो

१४ दिनमै मन्त्री पदबाट बर्खास्त,स्वास्थ्यमन्त्रीलाई सचेत

सामान्य प्रशासनमन्त्री अस्पतालमा भर्ना

पूर्व प्रशासकहरुलाई धमाधम नियुक्ति

नेपोटिजम विवादमा श्रममन्त्री,पदबाट हटाउने तयारी

मुटु भित्रै देश

धमाधम छुट्दै हाइप्रोफाइलहरु : पक्राउ परेका ९ मध्ये ५ छुटे

बिशेष