गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा संकलन गरिएको शुल्क विद्यार्थीलर्य फिर्ता गर्न निर्देशन दिएको छ ।

बिज्ञापन

मन्त्रालयले आज विज्ञाप्ति जारी गर्दै देशका केही संस्थागत विद्यालयले अझै पनि कानुन विपरित शुल्क लिने कार्य निरन्तर रहेको गुनासो आएको भन्दै गैरकानुनी रुपमा लिएको शुल्क फिर्ता गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको हो ।

बिज्ञापन

मन्त्रालयले कुनैपनि विद्यालयले यो निर्देशनभन्दा अन्यथा गरेको पाइएमा सोही ऐनकोे प्राव्धान तथा अन्य प्रचलित कानुन बमोजिम थप कारवाही प्रकृया अगाडि बढाउनुपर्ने अवस्थामा गृह मन्त्रालय, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु र स्थानीय तहहरुबाट आवश्यक समन्वय हुन अनुरोध गरेको छ ।

साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरण प्रयोजनका लागि शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको मन्त्रालयले जनाएको छ । कसैको सिकायत वा गुनासो भएमा सोही कक्षमा फोन गरी थप साथै, विद्यार्थीको शुल्कासम्बन्धी सिकायत एवम् गुनासोको रिपोर्टिं तथा सहजीकरणसहायता प्राप्त गर्न सकिने र सोकक्षको सम्पर्क व्यक्ति केन्द्रका निर्देशक निमप्रकाश सिंह राठौर (फोनः९८५१२१४६३८  सम्पर्क गर्न सकिने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बिज्ञापन

मन्त्रालयले यसअघि यही चैत २२ गते विज्ञप्ति मार्फत केही संस्थागत विद्यालयहरुmले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरित हुनेगरी शैक्षिक सत्र २०८३ प्रारम्भ हुनुपूर्व नै विद्यार्थी भर्ना गर्ने र स्वीकृत मापदण्डभन्दा बढी भारी शुल्क असुली गरेको पाइएकोमा गम्भीर यानाकर्षण भएको जनाउदै नयाँ शैक्षिक सत्र प्रारम्भ भएपछि मात्र विद्यार्थी भर्ना गर्न गराउन आग्रह गरेको थियो ।

मन्त्रालयले कुनै पनि विद्यालयबाट यस्ता गैरकानुनी काम हुन नदिई अभिभावहरुबाट कानुन विपरीत ढङ्गले असुल गरिएको भर्ना शुल्क रकम सम्बन्धितलाई फिर्ता गराने कानुनी प्रक्रिया अगाडि बढाउन सम्बन्धित सबै स्थानीय तहहरुलाई अनुरोध पनि गरेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

मैनालीको नियति भोग्दै बुर्लाकोटी

सम्पत्ति शुद्धीकरणको ‘राडार’मा अर्थका आधा दर्जन सहसचिव

बिशेष