दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

गृह मन्त्रालयका केही कर्मचारीहरुले दुर्गममा दरबन्दी राखेर सिंहदरबार अर्थात सुगममा काजमा कार्यरत रहेको भेटिएको छ ।

बिज्ञापन

दुर्गममा दरबन्दी कायम भए पनि पहुँच र शक्तिकेन्द्र मिलाएर सुगममा कार्यरत रहेका ६ उपसचिव,१६ जना शाखा अधिकृत र १५ नायब सुव्वा तहका कर्मचारी गरी ३७ कर्मचारीको दरबन्दी फिर्ता गरेको गृहले अझैं केही उपसचिव र शाखा अधिकृतहरुको दरबन्दी भएकै स्थानमा खटाउन सकेको छैन ।
दुगर्म जिल्ला जुम्ला प्रशासनमा दरबन्दी राखेर सिंहदरबारभित्रैका कर्मचारी थन्काउने थलोको रुपमा परिचित राष्ट्रिय विपद् तथा जोखिम न्यूनीकरण प्राधिकरण र कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा दुई जना कर्मचारी कार्यरत रहेको खुलेको छ ।
गृह मन्त्रालयका अनुसार उपसचिव शान्ति महत चार महिनादेखि दुर्गममा दरबन्दी राखेर सिंहदरबारमा काजमा कार्यरत छिन् भने शाखा अधिकृत रेश्मा बूढा ६ महिनादेखि दुर्गम जिल्ला जुम्लामा दरबन्दी भए पनि काजमा सिंहदरबारस्थित कसुरजन्य सम्पत्ति विभागमा कार्यरत रहेको खुलेको छ । महतलाई गत मंसिर ८ मा जिल्ला प्रशासन कार्यालय जुम्लामा खटाइएको भए पनि कर्मचारी थन्काउने कार्यालयका रुपमा चिनिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा उपसचिव, प्रवक्ता तथा सूचना अधिकारीको भूमिकामा रहेको पाइएको छ भने जिल्ला प्रशासन कार्यालय जुम्लाकी शाखा अधिकृत रेश्मा बुढा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत रहेको पाइएको छ । दुवैजनाको सेवा–सुविधा, तलब जिल्ला प्रशासन कार्यालय जुम्लाले नियमित पठाउँदै आएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष