बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

 

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अघिल्ला प्रधानमन्त्रीहरूको अभ्यासभन्दा फरक कार्यशैली अपनाउँदै प्रधानमन्त्री निवास बालुवाटारमा हुने औपचारिक भेटघाट पूर्ण रूपमा बन्द गरेका छन्।

बिज्ञापन

प्रधानमन्त्री निकट स्रोतका अनुसार बालेनले सबै प्रशासनिक तथा औपचारिक काम सिंहदरबारबाटै सञ्चालन गरिरहेका छन्। उनी केही दिनयता बिहान ८:३० बजेदेखि नै कार्यालय पुगेर भेटघाट र कामकाज सुरु गर्ने गरेका छन्।

यसअघि प्रधानमन्त्रीहरू प्रायः बालुवाटारमै राजदूत, नेता तथा विभिन्न समूहसँग भेटघाट गर्थे। तर बालेनले विदेशस्थित राजदूतहरूसँगको सामूहिक भेटसमेत सिंहदरबारमै गर्ने तयारी गरेका छन्।

बिज्ञापन

स्रोतका अनुसार प्रधानमन्त्री बनेयता उनले कुनै पनि औपचारिक कार्यक्रम बालुवाटारमा आयोजना गरेका छैनन्। यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि उनले ‘मेयर क्वाटर’मा औपचारिक भेटघाट नगरेको बताइएको छ।

यसबीच, प्रधानमन्त्रीले विभिन्न दलका सांसद, मन्त्री तथा उच्चपदस्थ कर्मचारीसँग नियमित छलफल गर्दै शासकीय सुधार, १०० बुँदे योजना कार्यान्वयन र मन्त्रालयहरूको कार्यप्रगति मूल्यांकनमा जोड दिएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष