कर्मचारीलाई भूमि मन्त्रीको निर्देशन – मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्नु

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी राख्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

बिज्ञापन

भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागको अनुगमनपछि मन्त्री रावलले नागरिक सर्वोच्चतालाई ख्याल राख्दै सेवाग्राहीलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिन निर्देशन दिएकी हुन् । मन्त्री रावलले कार्यालयहरुको अनुमगन पछि कर्मचारीलाई मन्त्रीलाई होइन सेवाग्राहीलाई खुसी पार्न कसैको दबाब र प्रभावमा नभइ कानुनमा टेकेर काम गर्न निर्देशन दिएकी हुन ।

बिज्ञापन

उनले कसैको दबाब र प्रभावले काम गर्न कर्मचारीहरुलाई निर्देशन दिँदै सेवा प्रवाहमा कुनै प्रकारको ढिलासुस्ती र अनियमिततालाई शून्यमा झर्नु झार्न समेत कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् ।

नापी र मालपोतमा पुग्दा जनताले सबै भन्दा बढी हैरानी भोग्ने गरेका छन्, अब सबै भन्दा सहज यी नै कार्यालयको सेवा लिँदा हुन्छ भन्ने प्रमाणित गर्न र सेवाग्राहीले दुःख पाएको गुनासो आए कानुन अनुसार कारबाही भोग्न तयार रहन समेत कर्मचारीहरुलाई चेतावनी दिएकी हुन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष