अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष र दुई जना विज्ञ सदस्यको राजीनामा स्वीकृत भएको छ ।

बिज्ञापन

अघिल्लो सरकारकै समयमा हटाउने तयारी गरेर स्पष्टीकरण समेत सोधिएका समस्याग्रस्त सहकारीका अध्यक्षसहितका दुई विज्ञ सदस्यहरुले दिएको राजीनामा मंगलबारको क्याविनेटले स्वीकृत गरेको हो । अध्यक्ष श्रीमण गौतम तथा विज्ञ सदस्यद्वय ललितकुमार महर्जन र ध्रुव आचार्यले आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा राजीनामा पेश गरेका थिए । सो राजीनामा स्वीकृत भएको जनाइएको छ ।

बिज्ञापन

यस अघिको सुशीला कार्की सरकारले व्यवस्थापन समितिका अध्यक्ष श्रीमणकुमार गौतम, सदस्यहरू उद्धवप्रसाद तिमिल्सेन, ललिताकुमारी महर्जन, ध्रुव आचार्य र महेशप्रसाद काफ्ले लगायतसँग स्पष्टीकरण समेत सोधिएको थियो । सहकारी महासंघबाट प्रतिनिधित्व गरिरहेका काशिचन्द्र बराललाई भने स्पष्टीकरण सोधिएको थिएन। अदालतबाट अवकाश पाएपछि श्रीमण ०८१ वैशाखमा उक्त कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए । अन्य सदस्यहरु केपी शर्मा ओलीको मन्त्रिपरिषद्ले नियुक्त भएका हुन त्यही राजनीतिक रङ्ग दिएर यो टोलीलाई हटाउन खोजिएको थियो । यद्यपि अन्तमा हटाइएको थिएन ।

०८१ वैशाखमा उनीहरूलाई २ वर्षका लागि नियुक्त भएका पदाधिकारीहरुको काम सन्तोषजनक नभएको भन्दै मंसिर ८ गतेको मन्त्रिपरिषद बैठकबाट पदाधिकारीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो । निर्णयबमोजिम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले १० गते १२ बुँदे स्पष्टीकरण सोधेको थियो । सरकारले २३ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ ती सहकारीबाट ६२ हजार ७६० जना बचतकर्ताले ३९ अर्ब ९३ करोड ५६ लाख ६६ हजार ७१० रूपैयाँ फिर्ता पाएका छैनन् । श्रीमणको समूहले उक्त समस्याग्रस्त सहकारीको नेतृत्व सम्हालेको यो अवधिसम्ममा तीन अर्ब २९ करोड मिलान र वचत फिर्ता भएको छ भने करिब चार हजार वचतकर्ताको सबै भुक्तानी भइसकेको छ । ५६ हजारले आशिक रुपमा वचत रकम भुक्तानी पाइसकेका छन् । उनीहरुको कार्यकाल आगामी वैशाखमा सकिँदै छ । कार्यकाल बाँकी रहँदै उनीहरूले राजीनामा दिएका हुन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

शिक्षा मन्त्रालयले भन्यो : एउटै विद्यालयमा पटक पटक भर्ना शूल्क नलिनु

अन्तरिम सरकारको स्पष्टीकरण,बालेन सरकारद्धारा राजीनामा स्वीकृत

यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू

सामान्य प्रशासन मन्त्रीज्यूलाई एक कर्मचारीको खुल्ला पत्र

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर छुटको निर्णय : प्रतिलिटर कति हुन्छ सहुलियत ?

मन्त्रीहरुको मर्यादाक्रममा व्यापक हेरफेर : गृहमन्त्री पाँचौंमा झर्दा,परराष्ट्र र उर्जामन्त्री माथि ल्याइयो

योजना आयोगमा भट्ट,डेपुटी गभर्नरमा पण्डित नियुक्त

नियमित तालिका तोड्दै मन्त्रिपरिषद् बैठक: डेपुटी गभर्नर नियुक्तिको संकेत

बिशेष