गृहमन्त्री गुरुङ र अख्तियार प्रमुख राईबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईबीच सोमबार भेटवार्ता भएको छ। भेटमा गृहमन्त्री गुरुङले ठूला भ्रष्टाचारका मुद्दाको अनुसन्धानलाई तीव्रता दिन आग्रह गरेका छन्।

बिज्ञापन

उच्च स्रोतका अनुसार गृहमन्त्री गुरुङले केवल नक्कली शैक्षिक प्रमाणपत्र वा स्थानीय तहमा भएका अनियमिततामात्रै होइन, ठूला स्तरका भ्रष्टाचार काण्डका फाइलहरू पनि खोल्न आवश्यक रहेको बताएका थिए। उनले दलका शीर्ष नेतासँग जोडिएका आरोपहरूको समेत स्वतन्त्र रूपमा अनुसन्धान गर्न अख्तियारलाई आग्रह गरेको स्रोतले जनाएको छ।

बिज्ञापन

“ठूला भ्रष्टाचार प्रकरणहरूमा पनि अनुसन्धान अघि बढाउनुस्, प्रमाण भेटिएपछि मुद्दा दर्ता गर्नुस्,” गुरुङको भनाइ उद्धृत गर्दै स्रोतले बतायो, “अनुसन्धानमा कसैको अवरोध हुँदैन, स्वतन्त्र रूपमा काम गर्न सक्नुहुन्छ।”भेटमा अख्तियार प्रमुख राईले भने आयोगले प्रमाणका आधारमा मात्रै अनुसन्धान अघि बढाउने स्पष्ट पारेका थिए। उजुरी मात्रैका आधारमा मुद्दा नचल्ने र तथ्य तथा प्रमाणसँग मिल्दा मात्र प्रक्रिया अगाडि बढाइने उनको धारणा रहेको बताइएको छ।
स्रोतका अनुसार आयोगले हाल विभिन्न उजुरी तथा सूचनाको अध्ययन गरिरहेको र प्रमाण जुटेपछि मात्रै थप अनुसन्धान अघि बढाइने जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३३४ माननीयलाई शाखा अधिकृत तहका स्वकीय,बार्षिक २४ करोड थप व्ययभार

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक,के के छन् एजेण्डा

सुशीलाले खारेज गरेको पीए सुविधा बालेन सरकारले व्युताँयो

बुढाखाडालाई जागिरमै राख्ने,नव युवालाई जागिरबाट निकाल्ने तयारी

पूर्वी नाकामा तस्करी ‘सेटिङ’को आशंका, दुई डीएसपीसहित ११ सशस्त्र प्रहरी कर्मचारी छानबिनमा

३ सचिवको दरबन्दी रहेको प्रधानमन्त्री कार्यालयमा ९ सचिव,पाँच अतिरिक्तमा

सूत्र प्रणालीले दिएको सास्ती

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

बिशेष