गृह मन्त्रालयले चालू आर्थिक वर्षको दोश्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । गृहले सार्वजनिक गरेको ७७ जिल्ला प्रशासन कार्यालयको रिर्पोट कार्ड अनुसार जिल्ला प्रशासन कार्यालय मनाङ अब्बल दह्रिएको छ भने सबैभन्दा कमजोर काठमाडौं जिल्ला प्रशासन कार्यालयको देखिएको छ ।
बिज्ञापन
दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २० दशमलव २५ पूर्णाङ्कमा सो जिल्लाले १९ दशमलव ५ ल्याएको हो । मनाङमा प्रमुख जिल्ला अधिकारी उपसचिव नवराज पौड्याल छन् । यस्तै कार्यसम्पादन मूल्याङ्कनमा १९ दशमलव ३७५ अंकसहित नुवाकोट दोस्रो दह्रिएको छ भने तेस्रोमा १९ दशमलव २५ अंकसहित डोटी,१९ दशमलव २५ अङ्क ल्याएर पर्वत चौथो स्थानमा रहेको छ । यस्तै,रुपन्देहीले १९ दशमलव २५ अंक प्राप्त गरेर पाँचौं स्थानमा रहेको गृह मन्त्रालयले जनाएको छ । सो प्रतिवेदनका आधारमा स्याग्ङ्जा जिल्ला प्रशासनले समेत समान अंक प्राप्त गरेको छ । यस्तै,सातौं नम्बरमा रहेको चितवन जिल्ला प्रशासन कार्यालयले १९ दशमलव १२५ अंक प्राप्त गर्न सफल भएको छ । त्यहाँको प्रमुख जिल्ला अधिकारी छन्,गणेश अर्याल । आठौंमा रहेको रसुवा जिल्ला प्रशासन कार्यालयले १९ अंक पाएको छ । अहिले रसुवाको प्रमुख जिल्ला अधिकारी राजेश पन्थी रहेका छन् । यस्तै नवौंमा रहेको दागले १८ दशमलव ९३ अक पाउँदा म्याग्दी जिल्ला प्रशासन कार्यालयलाई गृहले कासमूमा १८ दशमलव १८ दशमलव ७५ अंक दिएको छ । सोही अंक प्राप्त गर्ने अन्य जिल्ला प्रशासन कार्यालयहरुमा धनकुटा,बागलुङ,महोत्तरी,रामेछाप र ललितपुर रहेका छन् ।
उता,मूल्याङ्कनमा सबैभन्दा कमजोर काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पाएको छ । कूल २० दशमलव २५ पूर्णाङ्कमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले जम्मा ३ अङ्क मात्रै ल्याएको छ । ओम प्रकाश अर्याल गृहमन्त्री हुँदा काठमाडौँमा प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव ईश्वरराज पौड्याललाई खटाइएको हो । यस्तै धनुषाले ४ दशमल ८१,पर्सा ४ दशमलव ९,सिराहा १०,लमजुङले ११ दशमलव ३७ अंक प्राप्त गरेको छ ।
मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ । महाशाखा प्रमुख सुरेश पन्थीले आफूहरूले कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’का आधारमा नम्बर दिँदै आएको छ । जसमा शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागुऔषध नियन्त्रण, विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, मुआब्जा वितरण तथा विकास निर्माणमा समन्वयलगायतका आधारमा जिल्ला प्रशासन कार्यालयहरुको कार्यसम्पादन मूल्यांकन गर्दै आएको छ ।


























