मन्त्रीको विदेश भ्रमण अस्वीकृत,सहसचिव जाने

अर्थमन्त्री डा स्वर्णिम वाग्लेको पहिलो विदेश भ्रमण अस्वीकृत भएको छ । उक्त बैठकमा सहसचिव जाने टुंगो लागेको छ । मन्त्रीको भ्रमण अस्वीकृत गरेको क्याविनेटले सो भ्रमणमा सहसचिवलाई पठाउने भएको छ ।

बिज्ञापन

हिजो बसेको मन्त्रिपरिषद्का बैठकमा अर्थमन्त्री डा वाग्लेलाई अमेरिकाको वासिङ्टन डीसीमा हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को स्प्रिङ बैठकमा पठाउने प्रस्ताव अगाडि बढाइएकोमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले मन्त्रीस्तरीय सहभागिताको प्रस्ताव अस्वीकृत गरेको हो । अर्थमन्त्री वाग्लेसँग छलफल गरेर उनको सहमतिपछि उक्त प्रस्ताव मुख्यसचिव सुमन अर्यालले मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेका भए पनि प्रधानमन्त्री शाहले अस्वीकार गरेका हुन ।

बिज्ञापन

अर्थ मन्त्रालयका वरिष्ठ सहसचिव धनीराम शर्मालाई आईएमएफको स्प्रिङ बैठकमा पठाउने निर्णय गरेको बताएको छ । शर्माले अप्रिल १३ देखि १८ सम्म अमेरिकाको वासिंगटनमा हुने उक्त बैठकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । उता केन्द्रीय बैंकको तर्फबाट गभर्नर पौडेल सोही कार्यक्रममा जान आगामी २७ गते प्रस्थानको मिति तय गरेको बुझिएको छ । चैत २८ र २९ गते अमेरिका जाने बाटो म्यादअनुसार गभर्नरको भ्रमण कार्यक्रम लगभग बनाइएको स्रोतको दावी छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

सामान्य प्रशासनले करोडौंको वैदेशिक साहयताको हिसाब देखाएन

निजामती ऐनअन्तर्गत ३६ वटा नियम बनाउने अधिकार सरकारमै रहने प्रस्ताव

नयाँ सरकारको सुशासन : अनुगमन तिव्र पार्दा ६ महिनामै सिडियोलाई ‘भकुण्डो’

सार्वजनिक सवारीको नयाँ दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

बिशेष