सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

मन्त्रिपरिषद्को बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन, सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने गरेको छ ।
आज बसेको क्याविनेटले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा सबै मन्त्रालय,सचिवलाय,आयोग र अन्तर्गतका निकायहरुको ओएनएम सर्भे गर्ने पूर्वस्वीकृति दिने निर्णय भएको हो ।सरकारले अनावश्यक सरकारी संरचनाहरु खारेजी गर्ने संघीय कर्मचारीहरुको दरबन्दी घटाउने तयारी गरिरहेको छ । विभिन्न आयोगहरुका सुझावहरुका आधारमा झण्डै ५५० कार्यालयहरु खारेजी गर्नुपर्ने र झण्डै २२ हजार कर्मचारीहरुको दरबन्दी कटौती गर्नुपर्ने सुझावका आधारमा सरकारले ती निकायहरुको ओएनएम सर्भे गर्ने पूर्व स्वीकृति दिएको हो ।

बिज्ञापन

यस्तै आजको क्याविनेटले पेट्रोलियम आपूर्तीमा उत्पन्न असहजताका कारण ०८२ चैत २३ गतेदेखि लागू हुनेगरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । यो निर्णय शैक्षिक संस्थाहरुको हकमा भने लागू हुने छैन । शैक्षिक संस्था बाहेक उल्लेखित कार्यालयहरूको कार्यालय समय ९ देखि ५ बजे कायम गर्ने निर्णय गरेको छ भने डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिवर्तन गर्नका लागि आवश्यक कानुनी व्यवस्था मिलाउने निर्णय पनि क्याविनेटले गरेको छ । यस्तै,आगामी शैक्षिक सत्र २०८३ वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको छ ।

बिज्ञापन

डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्टका लागि क्रमशस् एशियाली विकास बैंक तथा विश्व बैंकले प्रदान गर्ने ४० मिलियन अमेरिकी डलर र ५० मिलियन अमेरिकी डलर गरी जम्मा ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको छ भने दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत आजको मन्त्रिपरिषद्को बैठकले गरेको छ ।

यस्तै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिनुभएको राजीनामा स्वीकृत भएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष