एकै पटक तीन वटा संस्थाको जागिर,करोडौ कमाउने नासुलाई तीन बर्ष कैद सजाय

विशेष अदालतले सरकारी कर्मचारी भए पनि तीनवटा निजी संस्थामा अनुमतिबेगर काम गरेको अभियोगमा एक जनालाई सजाय सुनाएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले गत जेठ २३ मा ती पत्रकारविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । रामेछाप, मन्थली नगर विकास समिति, मन्थली, रामेछापमा अस्थाई नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टले एकै पटक सरकारी,गैरसरकारी गरी २१ वटा निकायमा काम गरी गैरकानुनी लाभहानी पुर्याएको भन्दै भट्टलाई समेत प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेकोमा विशेष अदालतले सार्वजनिक ओहदाको परिचय लुकाएर आर्थिक अनियमितता गरेको अभियोगमा हदैसम्मको जेल सजाय सुनाएको हो ।

बिज्ञापन

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरु हेमन्त रावल र विदुर कोइरालाको इजलासबाट उनलाई दुई वर्ष ११ महिना जेल सजाय, ४० हजार रुपैयाँ जरिबाना र क्षतिपूर्ति शुल्क बापत भिन्नै ४५ हजार ९३६ रुपैयाँ ६४ पैसा रकम पीडित राहत कोषमा जम्मा गर्न भनिएको छ ।

नायब सुब्बा पदमा कार्यरत टिका प्रसाद भट्टले मन्थली नगर विकास समिति, रामेछापमा अस्थायी खरिदार पदमा छ महिनाको लागि शुरू नियुक्ति लिएकोमा नगर विकास समितिका पदाधिकारी समेतले अनिश्चितकालीन म्याद थप गरे तथा गराएको भन्दै अख्तियार विशेषमा पुगेको थियो । उनले अस्थायी खरिदार पदबाट नायब सुब्बा पदमा बढुवा लिनुका साथै अस्थायी कर्मचारीले स्थायी कर्मचारी सरह गैरकानूनी तवरबाट ग्रेड सुविधा लिएको, अनिश्चितकालीन म्याद थप साथै बढुवा समेत भएको अख्तियारको अनुसन्धानबाट खुलेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ ।

बिज्ञापन

उनले कान्तिपुर दैनिकको पूर्णकालीन स्थायी कर्मचारिको नियुक्ति लिई उक्त पब्लिकेशनबाट नियमित पारिश्रमिक तथा तलब सुविधा प्राप्त गरेको अबस्थामा मन्थली नगरपालिका, नगर कार्यापलिकाको कार्यालय मन्थली, रामेछापको पत्रानुसार मन्थली नगर विकास समितिमा कार्यरत रही कार्यालय समय बाहेक अतिरिक्त समयमा अन्य कुनै पेशा तथा व्यवसाय गर्न अनुमती प्रदान गरेको अभिलेखमा नरहेको भन्ने विवरण प्राप्त भएको देखिएको अख्तियारको दावी थियो । कान्तिपुर पब्लिकेशन लि साथै एकै समयमा कार्यालयमा हाजिरी रही रामेछाप जिल्ला स्थितका अन्य कार्यालयहरू र सिन्धुली जिल्ला स्थितका कार्यालयबाट राष्ट्रसेवक कर्मचारीको आफ्नो परिचय लुकाईरगोप्य राखी कान्तिपुर दैनिकको पत्रकारको हैसियतमा विभिन्न कार्यालयका कार्यालय प्रमुख तथा लेखा प्रमुखहरूलाई समेत प्रभाव, दबावमा पारी पत्रकारको हैसियतमा उक्त कार्यालयहरूबाट काज तथा भ्रमण तथा बैठकमा खटिई भत्ता बापतको रकम समेत लिई गैरकानूनी लाभ प्राप्त गरेको देखिएसँगै अख्तियार विशेषमा पुगेको थियो ।
भट्टले एकै समयमा मन्थली बचत तथा ऋण सहकारी संस्था लि। मन्थली, रामेछापको सञ्चालक समिति (कोषाध्यक्ष)को रूपमा कार्यरत रहेको भट्ट मिडाड नेपाल नामक विज्ञापन एजेन्सीको साईट मेनेजर,स्थानीय प्रतिनिधिको रुपमा आफू कार्यरत कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना, रामेछापबाट विज्ञापन प्रकाशन गरी आफैंले कमिशन बापतको रकम समेत लिएको,यस्का अलवा उनले विभिन्न कार्यालयहरूका तत्कालीन कार्यालय प्रमुख र लेखा प्रमुखहरूलाई अनुचित प्रभावमा पारी उक्त कार्यालयहरूबाट सूचना प्रकाशन गरी कमिशन लिएको, सिटिजन्स लाईफ ईन्स्योरेन्स लिको एजेन्टको रुपमा समेत कार्य गरी भत्ता तथा अन्य सुविधा समेत लिएको देखिन्छ।

विशेषले सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनलाई दोषी ठहर गरे पनि बाँकी पाँचैजना प्रतिवादी अमरबहादुर थापा, सुरेशकुमार वाग्ले, नारायणप्रसाद भण्डारी, सुरेशप्रसाद दाहाल र यमलाल बेल्वासेले सफाइ पाएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मानव शरीरको यौनाङ्ग के पूजनीय वस्तु मात्र हो, कि त्यसको संयमित र मर्यादित उपयोगका लागि प्रकृतिले दिएको हो?

गृह मन्त्रालयद्वारा ७ कर्मचारीको सरुवा

अब बर्षमा १४५ दिन सार्वजनिक बिदा

सबै मन्त्रालय,सचिवालय र आयोगहरुको ओएनएम गर्ने पूर्वस्वीकृति

यस अघि पटक पटक असफल भएको थियो सातामा दुई दिन बिदा दिने निर्णय

अब सातामा दुई दिन सार्वजनिक बिदा : कार्यालय समय बिहान ९ देखि बेलुका ५ बजेसम्म

भोलिदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिन बिदा

तेल अभाव र महँगीबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

बिशेष