नापी कार्यालयबाट सेवाग्राही ठग्ने दुई जना बिचौलिया पक्राउ

रूपन्देही । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–स्थित नापी कार्यालय भैरहवामा सेवाग्राहीसँग अतिरिक्त रकम असुल्दै आएको आरोपमा दुई जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।

बिज्ञापन

नापी कार्यालयमा काम लिएर आउने सर्वसाधारणलाई छिटोछरितो सेवा मिलाइदिने भन्दै रकम असुल्ने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीले विशेष अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।

बिज्ञापन

पक्राउ पर्नेमा ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिवनारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन्।

शुक्रबार नापी कार्यालय परिसरमै खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार सरकारी कार्यालयमा सक्रिय बिचौलिया गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले चलाइएको अभियान अन्तर्गत उनीहरू पक्राउ परेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विद्युत् प्राधिकरण भन्छ- बाढी प्रभावित काालिका र नौकुण्डका अधिकांश ठाउँमा बिजली पुनः सूचारु

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

बिशेष