राष्ट्रिय कितावखानाले प्रदेशगत पीआईएस अपडेट क्याम्प संचालन गर्दै

काठमाडौँ । राष्ट्रिय किताबखानाले कर्मचारीहरूको विवरण अद्यावधिक गर्ने उद्देश्यले चैत २२ गतेदेखि प्रदेशस्तरमा कर्मचारी विवरण अद्यावधिक विशेष शिविर सञ्चालन गर्ने भएको छ।

बिज्ञापन

मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीको १९औँ बुँदाअनुसार कर्मचारीको अद्यावधिक डिजिटल प्रोफाइल तयार गरी नियुक्ति, पदस्थापन, सरुवा, बढुवा, तालिम तथा अवकाशसम्मका प्रक्रिया अनुमानयोग्य र स्वचालित बनाउने व्यवस्था गरिएको छ। यसका लागि कर्मचारी व्यवस्थापन सूचना प्रणालीको संरचना तयार गर्ने कार्यसूचीसमेत तय गरिएको छ।

बिज्ञापन

उक्त कार्यसूची कार्यान्वयनका लागि आवश्यक आधारभूत तथ्यांक तयार गर्ने मुख्य जिम्मेवारी राष्ट्रिय किताबखानालाई दिइएको छ। त्यसैले सम्पूर्ण कर्मचारीको अद्यावधिक डिजिटल प्रोफाइल तयार गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी विशेष अभियान सञ्चालन गरिएको राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो।

यस अभियान अन्तर्गत विभागले सम्पूर्ण कर्मचारीलाई लक्षित गर्दै विवरण अद्यावधिक गर्न विशेष आह्वान गर्दै समर्पित इमेल सार्वजनिक गरेको छ। कर्मचारीहरूले सो इमेलमार्फत पठाएको विवरणलाई तीनवटा टोलीमार्फत छिटो अद्यावधिक गर्ने व्यवस्था मिलाइएको बताइएको छ।

बिज्ञापन

यसैगरी सबै मन्त्रालय, विभाग तथा केन्द्रीय निकायलाई आफ्ना मातहतका कर्मचारीको विवरण अद्यावधिक गर्न प्रणालीको पहुँच उपलब्ध गराइएको छ। उक्त पहुँच प्रयोग गरी मन्त्रालयहरूले आफ्ना मातहतका कर्मचारीको विवरण आफैं अद्यावधिक गर्न सक्नेछन्।

प्रदेशस्तरमा अभियान प्रभावकारी बनाउन सातवटै प्रदेश किताबखानामा कार्यरत ३५ कर्मचारीलाई चितवनमा सहभागी गराई विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको थियो।

त्यसैगरी चैत २२ गतेदेखि सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अस्थायी मुकाम स्थापना गरी कर्मचारी विवरण अद्यावधिक विशेष शिविर सञ्चालन गरिनेछ। यसका लागि राष्ट्रिय किताबखानाका २१ कर्मचारीलाई सातवटै प्रदेशमा खटाइसकिएको महानिर्देशक पोखरेलले जानकारी दिनुभयो।

प्रत्येक कर्मचारीको अद्यावधिक डिजिटल प्रोफाइल तयार गर्ने लक्ष्यसहित सञ्चालन हुने यस विशेष शिविरमार्फत आफ्नो विवरण अद्यावधिक नभएका कर्मचारीलाई विवरण अद्यावधिक गराउन महानिर्देशक पोखरेलले आग्रह गर्नुभएको छ। साथै अभियान सफल बनाउन सबै सरोकारवाला निकायलाई मन, वचन र कर्मबाट सहयोग गर्न उहाँले अपिल गर्नुभएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष