संघीय मन्त्रालयसँगै छैन कर्मचारीको लगत

कर्मचारीहरुको खटन पटन गर्दै आएको केन्द्रीय निकाय हो,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय । तर यो मन्त्रालयको हविगत कस्तो छ भने संघ,प्रदेश,स्थानीय तहमा खटिएका आफ्नै कर्मचारीको लगत छैन । हरेक पटक मन्त्री फेरिन्छन्,त्यही समय शुरु हुन्छ कर्मचारीको लगत माग्ने । फेरि यही प्रवृत्ति दोहोरिएको छ,यस पटक पनि ।

बिज्ञापन

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै कर्मचारी सरुवालाई व्यवस्थित बनाउने प्रयास गरेकी मन्त्री प्रतिभा रावलले स्थानीय तह र प्रदेशका कर्मचारीको विवरण माग गरेकी छिन् । मन्त्रीको निर्देशनमा सचिवस्तरीय निर्णयअनुसार मन्त्रालयले प्रदेशका मन्त्रालय,निकायका अलवा ७५३ स्थानीय तहका कर्मचारीको स्वीकृत दरबन्दीको विवरण पठाउन परिपत्र गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै प्रदेश र स्थानीय तहलाई तीन दिनभित्र स्वीकृत दरबन्दीको विवरण पठाउन परिपत्र गरेको छ ।
परिपत्रमा भनिएको छ, सातै प्रदेश र ७५३ स्थानीय तहलाई परिपत्र गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन तथा एकीकृत जनशक्ति प्रक्षेपण गर्नका लागि सातै वटा प्रदेश र अन्तरगतका सम्पूर्ण निकायमा कार्यरत रहेका कर्मचारीहरुको महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका,गाउँपालिका र अन्तरगतका निकायहरुमा कर्मचारीहरुको स्वीकृत दरबन्दीको विवरण तीन दिनभित्रैमा उपलव्ध गराउन मन्त्रालयको सचिवस्तरीय निर्णयबाट परिपत्र गरेको हो ।

बिज्ञापन

जसमा सबै स्थानीय तह र प्रदेशका कार्यालयहरुले कर्मचारीको नाम, पदसंख्या, सेवा समूह, हाल कार्यालयमा कार्यरत अवधि, दरबन्दीको अवस्था र रिक्त संख्या उपलब्ध गराउन आग्रह गरिएको छ । मन्त्रालयले तीन दिनभित्रै यो विवरण पठाउन परिपत्र गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निमित्तको राज अन्त्य गर्दै सरकार,बेलुकासम्ममा सरुवा हुँदैछन् ४३ उपसचिव

गोरखालीको महागाथा

कानुन व्यवसायीहरुलाई सिंहदरबार प्रवेशमा कडाई

दुर्गममा दरबन्दी,गृह मन्त्रालयभित्र काज

बालुवाटारमा औपचारिक भेटघाट बन्द, सिंहदरबारबाटै काम गर्दै प्रधानमन्त्री बालेन

सातान्तांगोः मानव चेतना, समाज र अस्तित्वको नाङ्गो दस्तावेज

आयल निगममा डिपो प्रमुखहरूको सरुवा

कुन मन्त्रीको सचिवालयमा क- कस्ले पाए नियुक्ति ?

बिशेष