स्वदेशमा मान,विदेशीको सम्मान

‘मूलम् भुजङ्गैः शिखरं प्लवङ्गैः, शाखा विहङ्गैः कुसुमानि भृङ्गैः,आसेव्यते दुष्टजनैः समस्तै र्न चन्दनं मुञ्चति शीतलत्वम्’

बिज्ञापन

अर्थात् चन्दनको वृक्षको जरामा सर्प, सबैभन्दा माथि बाँदर, हाँगाहरूमा चराचुरूङ्गी र फूलहरूमा भ्रमर बसेर लगातार सताइरहेका हुन्छन, तापनि सो वृक्षले आफ्नो शीतलता कहिल्यै गुमाउँदैन । हो,उनी अर्थात विनयजंग बस्नेत,जस्को जीवनमा पनि धेरै ठूलो आधी वहेरी आयो । कतिपटक नखाएका बिष लागे तर उनी आफ्नो कर्तव्यपथबाट एक इन्च पनि तलमाथि भएनन् । निरन्तर वेवारिसेहरुकै सेवामा रमाइरहे । उनै बस्नेतको कर्मलाई स्वदेशले चिनेन त के भयो ? विदेशी संस्थाहरुले एक पछि अर्काे सम्मान गर्दैछन् ।

बिज्ञापन

                जसले हालसम्म ७ हजार ७ सय ३८ वेवावरिसे लासको सद्गद् गरिसकेकाछन् ।  यसरी वेवारिस लासका दागबत्ति दिइएकामध्ये नेपालीहरुमात्र छैनन्,भारत,अमेरिका,डेनमार्क,फ्रान्सका नागरिकहरुको लास जलाएका छन्,उनी र उनको संस्थाले । जलाउने पैसा नुहँदा सहकारीको चर्काे व्याजको ऋृण,आफैंले चढिरहेको वाइक कयौपटक धरौटीमा राखेका छन् । घर नै बैंकमा धितो राखेर ऋण लिएर वेवारिसे लासको सद्गद् गर्ने काम गर्दै आइरहेका उनकै काम र संस्थालाई विदेशी संस्थाले सम्मान गर्न लागेको जनाएका छन्,बस्नेतले । यही कामको कदर गर्दै सिंगापुरमा रहेको एक संस्थाले आगामी महिना सम्मान गर्न लागेको हो । सो सम्मान थाप्न बस्नेत आगामी महिना सिंगापुर जान लागेको बताएका छन् ।

उसो त यस अघि नै उनी र उनको संस्थाको कामको कदर गर्दै वीवीसीले प्रभावशाली १०० महिलाको सूचीमा उनकै संस्थामा कार्यरत सपना रोका मगरलाई राखेको थियो । केही महिना अगाडिमात्र नेपाल भारत मैत्री फोरमले उनको संस्था एक्सन फर सोसल चेञ्जलाई सम्मान गरेको थियो । यस्तै संस्थाकै उपाध्यक्ष पूजा बस्नेतलाई समेत भियतनाममा रहेको ग्रीन लाइफले गत भदौंमा सम्मान गरिसकेको छ ।

बिज्ञापन

स्वदेशमा सरकारी तवरबाट ललितपुर महानगरपालिका लगायतका केही निकायले उनको कामको उचित मूल्यांकन गर्दै साथ र सहयोग गरेको भए पनि अन्य सरकारी निकायबाट उपेक्षित हुनुपरेको दुखेसो पोख्छन्,उनी । यद्यपि विनयजंग बस्नेत र उनको संस्थाको कामको योगदान गर्दै सयौं तक्मा र पुरस्कारहरु हात पारिसकेका छन्,बस्नेतले । एक्सन फर सोसल चेञ्जले यो अवधिमा देशभरका ५४ वटा जिल्लामा शाखा कार्यालय खोलेर वेवारिसे व्यक्तिहरुको औषधोपचार गर्दै आएको छ भने वेवारिसे लासहरुको सदगद गर्दै आएको छ ।

यस्तो छ पृष्टभूमि
विनयजङ्ग,हुनेखानेको छोरा काठमाडौं टीकाथलीमा जन्मिएका उनका बुवा महालेखाका जागिरे । १५ बर्षकैं उमेरमा आमा गुमाएका । २० बर्षको हुँदा इमाडोलको केटीसँग विवाह गरेका,सङ्गत गुणाको फल भनेझैं कुलतमा डुबेपछि श्रीमतीका लाखौ कोसिसका बाबजुत पनि सुर्धान सक्नुभएन र माइती गएर बस्नुभयो । बुवा आमाका लागि सबैभन्दा खुसी र आनन्द सन्तान सही बाटोमा हिडे लाग्ने हो । छोरा विग्रिएको,घर भाँडिएको देख्दा बुवाको मन भाँडियो सायद । एक बिहानै इमाडोलबाट साथीको घर लाजिम्पाट जानुभएको उहाँ कहिले नफर्कने गरी अस्ताए । गाडीको ठक्करबाट ज्यान गएको उहाँको शव त्रिवि शिक्षण अस्पतालमा वेवारिसे लासको चाङ्गमा बुवाको लास देखे । त्यहाँ सयौं लास वेवारिसे अवस्थामा थिए । त्यही पछि क्लिक भएको विनयजङको दिमागमा वेवारिसे लासको हितमा काम गर्ने । जब उनले वेवारिसे लासको सद्गद् गर्दथे र घर फर्कन्थें,टोलका मान्छेहरु पागलको संज्ञा दिन्थें । यसरी यूर्टन भएर उनी वेवारिसे लासहरु सतगद्मै रमाउन थालेको १६ बर्ष समय व्यतित भइसकेको छ ।उनको निस्वार्थ कर्मको स्वदेशमा चर्चा,परिचर्चामात्र होइन कि यही कर्मका कारण उनलाई हेर्नेहरुको नजर पनि बदलिएको छ । कुनै समय कूलतमा डुबेका उनको जीवनको नक्सा फेरिएको छ । आज आफूमात्र बदलिएका छैनन्,अरुको मुहारमा खुसीको रंग भर्न अग्रसर उनै बस्नेतको योगदानको कदर गर्दै विदेशी संघ संस्थाहरुले लगातार सम्मान गरिरहेका छन् । यही आर्थिक बर्षमा मात्र भारत,भियतनाम पछि सिंगापुरबाट बस्नेत र उनको संस्था सम्मानित हुन लागेको हो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो

बिशेष