गाउँपालिकामा निमित्तको राज निमिट्यान्न पार्दै सरकार,४१ नगरपालिकामा अझैं छैनन् प्रमुख प्रशासकीय

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा निमित्तको राज अन्त्य गर्ने प्रयास गरेको छ । नयाँ सरकार आउनु अगाडि देशभरका ७५३ स्थानीय तहमध्ये १७४ पालिका निमित्तको भरमा चलिरहेको थियो । जसमा १ महानगर,६ उपमहानगर,९० नगरपालिका,७८ वटा गाउँपालिकामा निमित्तकै भरमा चलिरहेको थियो । नयाँ सरकार आएसँगै प्रमुख प्रशासकीय अधिकृतविहिन रहेका ६ उपमहानगरपालिकामध्ये ४ मा सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ भने ९० वटा नगरपालिका निमित्तको भरमा चलिरहेकामध्ये मन्त्रायले एकै पटक ६३  जना उपसचिवहरुको सरुवा गरेको छ । सरुवाको सूची अनुसार,१३ जना उपसचिवलाई जिल्ला समन्वय समितिमा खटाइएको छ भने १ जना उपसचिवलाई भूमि व्यवस्था मन्त्रालयमा पठाइएको छ यस्तै ४९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित नगरपालिकामा खटाइएको छ ।यो हिसाबले अझैं ४१ वटा उपमहानगरपालिका निमित्तकै भरमा छन् ।

बिज्ञापन

यस्तै मन्त्रालयले विहिबारमात्र ७८ जना शाखा अधिकृतहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाएको छ । मन्त्रालयले लामो समयदेखि सिंहदरबारमा रजगज गर्दै आएका ५७ जना शाखा अधिकृत,बढुवाको मुखमा रहेर यस अघि नगरपालिका चलाउने जिम्मेवारी पाएका २१ अधिकृतलाई गाउँपालिकामा खटाएर पहिलो पटक गाउँपालिकामा निमित्तको राज अन्त्य गरेको छ । मन्त्रालयका अनुसार २ बर्षभन्दा बढी सिंहदरबारस्थित मन्त्रालय,कार्यालय,आयोगहरुमा बसिरहेका,कहिल्यै स्थानीय तहमा बसेर काम नगरेका र उनीहरुको घर पायक पर्ने गरी शाखा अधिकृतहरुलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाइएको मन्त्रालयले जनाएको छ । यस्तै यस अघि बढुवाको मुखमा रहेका शाखा अधिकृतहरुलाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाएर खटाइएकामध्ये २१ जनालाई गाउँपालिकामै खटाइएको छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार,गृह मन्त्रालयबाट प्रेमश शिवालाई सिदिङ्वा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाइएको छ । यस्तै,भूमि मन्त्रालयबाट विदुर अधिकारीलाई मेरिङदेन गाँउपालिका,सामान्यको अतिरिक्त समूहमा रहेका टसी शेर्पालाई मैवाखोला गाउँपालिका,भूमिबाट तेजनाथ पोखरेल पाथिभरा याङबरक गाउँपालिकामा पुगेका छन् । यस्तै,भूमिबाटै कुलप्रसाद पराजुलीलाई तुम्बेवा गाउँपालिका,गृहबाट प्रदीप राईलाई रामप्रसाद राई गाउँपालिकामा खटाइएको सामान्यले जनाएको छ ।

यता,श्रम मन्त्रालयबाट कैलाश न्यौपानेलाई भोटेखोला गाउँपालिका,उद्योगबाट सन्तोष श्रेष्ठलाई माप्य दूधकोशी गाउँपालिका,गृहबाट रमण खड्कालाई महाकुलुङ गाउँपालिका,भूमिका रमेश पौडेललाई सोताङ गाउँपालिकामा पठाइएको छ । यस्तै,शिक्षाबाट अर्जुन राईलाई साकेला गाउँपालिकामा पठाइएको छ । भूमिबाट विष्णुकुमार महत्तलाई दोरम्बा सैलुङ,उद्योगबाट नविन गिरीलाई विलुङ गाउँपालिका,श्रमबाट महेशकृष्ण श्रेष्ठलाई खानीखोला गाउँपालिकामा पठाइएको छ । यस्तै श्रमबाट चक्रबहादुर श्रेष्ठ चौरीदेउरालीमा पुग्दा,सामान्यबाट लेखनाथ भट्टराईलाई भुम्लु,शेखरनिधि पौड्याललाई तारकेश्वर,उद्योगबाट विकास शर्मा आबुखैरनी गाउँपालिका पुगेका छन् ।
यस्तै,गृहबाट जयप्रकाश गौतम हरिनास गाउँपालिका,सामान्यबाट गंगबहादुर थापालाई रुपा गाउँपालिकामा खटाइएको छ ।

बिज्ञापन

सामान्यबाटै गोविन्द केसी र हरिप्रसाद पौडेललाई क्रमश पाल्हीनन्दन र सत्यवती गाउँपालिका,श्रमबाट विक्रम शर्मालाई शुद्धोधन गाउँपालिका,सञ्चारबाट गणेश गौतमलाई माडीमा पठाइएको छ । गृहबाट यामबहादुर बूढा मगरलाई गंगादेव,शोभाराम रिजाललाई राजपुर,भूमिबाट विक्रम गिरीलाई डुडुवा, गृहबाट चुणामणि केसीलाई कुमाखमा खटाइएको छ ।
यस्तै मन्त्रालयबाट स्थानीय तहमा पुगेका शाखा अधिकृतहरुमा श्रमबाट भक्त पाण्डे जगदुल्ला,भूमिबाट श्यामकृष्ण आचार्यलाई डोल्पाको मुड्केचुलामा पठाइएको छ । भूमिबाटै श्याम गैह्रेलाई छार्का,गृहबाट जालान्धर भुसाललाई हिमा,मिनराज थापालाई तिलामा खटाइएको छ । उर्जाबाट हेमराज चापागाई पातारासी,श्रमबाट ध्रुराज भट्टराईलाई शुभकालिकामा खटाइएको छ ।
यस्तै सञ्चारबाट मार्किस दोरंगा मुगुमा पठाइएको छ भने श्रमबाट कुशल वराल सोरु,उद्योगबाट रमेश सिंह भण्डारी स्वामीकार्तिक,हेमन्त चुनारालाई श्रमबाट जगन्नाथ गाउँपालिका,भूमिबाट कृष्ण पौड्याललाई चौरुपाटीमा पठाइएको छ । यसरी सामान्यले गाउँपालिकामा निमित्तको राज अन्त्य गरेको छ । अझैं ४१ नगरपालिका र १ उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाउन बाँकी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सिंहदरबारबाट गाउँपालिका खटाइएका कर्मचारीद्धारा धमाधम राजीनामा

पालिका पठाएका जेनजी आन्दोलनका अगुवा गणेश घिमिरेले दिए राजीनामा

सम्पत्ति शुद्धीकरण प्रकरणले गृहमन्त्री घेरिए: विवादित कम्पनीमा शेयर खुलेपछि लामिछाने निवासमा ‘रातको दौड’

सामान्यभित्र ‘रैथाने’ कर्मचारीको साम्राज्य : ८ वर्षसम्म नहल्लिने कर्मचारीमाथि प्रधानमन्त्रीको आँखा

अब सरकारी कर्मचारीले महिनामा दुईचोटि तलब पाउने

बिचौलिया दीपक भट्टसँग गृहमन्त्री सुधन गुरुङको ‘बीमा कनेक्सन’ : एउटै कम्पनीमा २५ लाख बराबरको सेयर

प्रधानमन्त्री कार्यालयमा ‘डन’को साम्राज्य: १३ वर्षसम्म एउटै कार्यालयमा, बालेनले मागे विवरण

२ सचिव र ४६ सहसचिव लामो समयदेखि एउटै मन्त्रालयमा {विवरणसहित}

बिशेष