संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यविवरण अद्यावद्यिक गर्न परिपत्र गरेको छ । मन्त्रालयले सबै मन्त्रालय,आयोग,कार्यालय,सचिवालयलाई परिपत्र गर्दै मातहतका सबै विभाग तथा कार्यालयहरुको महाशाखा शाखा,ईकाइ तथा फाँटको कार्यविवरण तथ पद अनुसारको कार्यविवरण चैत्र मसान्तभित्रै अद्यावद्यिक गर्न परिपत्र गरेको हो ।
बिज्ञापन
सरकारले कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय तथा कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ । सरकारले हालै जारी गरेको शासकीय सुधारका एक सय कार्यसूचीको बुँदा नम्बर १६ मा यस्तो प्रावधान राखिएको छ । जहाँ कर्मचारीहरूको कार्यसम्पादनलाई परिणामसँग जोड्न प्रत्येक पदको कार्यविवरणको वस्तुनिष्ठ कार्यसम्पादन सूचक सम्बन्धित सार्वजनिक निकाय-कार्यालयले ४५ दिनभित्र तयार गर्नुपर्ने निर्देशन जारी गरेको छ ।
कार्यसूचीका अनुसार सार्वजनिक निकायको सेवाको गुणस्तर प्रमाणीकरण गर्ने व्यवस्था गरी उत्कृष्ट निकायलाई प्रोत्साहित गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर प्रमाणीकरण मापदण्ड ४५ दिनभित्र तयार गर्नुपर्ने भनिएको छ । सोही अनुसार सामान्य प्रशासन मन्त्रालयले चैत्र मसान्तभित्रै कार्यविवरण अद्यावद्यिक गर्न परिपत्र गरेको हो ।
सरकारले कार्यसम्पादन मूल्याङ्कन कमजोर हुँदा राम्रो र खराब कार्यसम्पादनलाई समान व्यवहार गर्ने प्रवृत्ति हटाउन ९० दिनभित्र कार्यसम्पादनमा आबद्ध उत्तरदायित्व तथा पुनरावलोकन प्रणाली लागू गरिने जनाएको छ ।


























