बिचौलिया आरोपपछि लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा प्रभावित

सर्लाही । सरकारले भूसेवा प्रयोगकर्ता तथा कानुनी लेखापढी व्यवसायीलाई ‘बिचौलिया’को संज्ञा दिँदै कार्यालय प्रवेशमा रोक लगाएपछि सर्लाहीमा आन्दोलन सुरु भएको छ।

बिज्ञापन

हरिवनस्थित मालपोत र नापी कार्यालयसँग सम्बन्धित लेखापढी व्यवसायीहरूले विरोधस्वरूप आफ्ना सटर बन्द गरी सेवा प्रवाह ठप्प पारेका छन्। कार्यालय हाताभित्र प्रवेश गर्न नदिएको र आफूहरूलाई अनावश्यक रूपमा बिचौलिया भनिएको भन्दै व्यवसायीहरूले आन्दोलन थालेका हुन्।

बिज्ञापन

व्यवसायीहरूले “हामी बिचौलिया होइनौँ” भन्ने नारासहित कामकाज बन्द गरेका छन्। उनीहरूको आन्दोलनका कारण मालपोत र नापी कार्यालयमार्फत हुने जग्गा किनबेच, रोक्का, फुकुवा लगायतका सेवा प्रभावित भएका छन्।

स्थानीय लेखापढी व्यवसायी कृष्ण भण्डारीले कानुनअनुसार काम गर्ने व्यवसायीलाई बिचौलिया भन्दै कार्यालय प्रवेशमा रोक लगाइनु अन्यायपूर्ण भएको बताए। उनका अनुसार व्यवसायीहरूको सम्मानजनक उपस्थितिको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहनेछ।

बिज्ञापन

उता सेवा अवरुद्ध भएपछि जग्गासम्बन्धी कामका लागि मालपोत र नापी कार्यालय पुगेका सर्वसाधारण भने समस्यामा परेका छन्। व्यवसायी र सम्बन्धित निकायबीच सहमति नजुट्दासम्म सेवा सामान्य हुने सम्भावना कम देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभाको पहिलो बैठकमै अवरोध

३ करोड जनसंख्या,६ करोड २० लाख खाता,निस्क्रिय खातामै १ खर्ब ८८ अर्ब रकम

प्रतिनिधि सभामा रास्वपालाई दुई तिहाई,राष्ट्रिय सभा सत्तापक्षविहीन

राजनीतिक कोटामा नियुक्त भएका ६ राजदूत फिर्ता बोलाउँदै सरकार

बिचौलिया आरोपपछि लेखापढी व्यवसायीको आन्दोलन, मालपोत–नापी सेवा प्रभावित

सरकारी सूचनाहरू अब सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन हुने

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

कमिसनको चलखेलले सडक कमजोर: धोबीखोलामा मापदण्डविपरीत ढलान

बिशेष