रसुवागढी नाकामा १६७३ ग्राम चाँदीसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । रसुवाको रसुवागढी नाकाबाट अवैध रूपमा ल्याइँदै गरेको ठूलो परिमाणको चाँदीसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय धुन्चे, रसुवाका अनुसार मिति २०८२ चैत १७ गते दिउँसो करिब १ बजे गोसाईकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सीमा नाका रसुवागढीमा संयुक्त जाँचका क्रममा चिनियाँ नागरिक पक्राउ परेका हुन्।

बिज्ञापन

इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बलको बोर्डर आउटपोस्ट (बीओपी) टिमुरेबाट खटिएको संयुक्त चेकिङ टोलीले चीनबाट पैदल नेपालतर्फ आउँदै गरेका राहदानी नम्बर EP1211946 भएका चिनियाँ नागरिक ह्वाङ बिनछेङलाई शंकास्पद अवस्थामा जाँच गरेको थियो।

प्रहरीले उनको साथमा रहेको सुटकेस जाँच गर्दा भित्र लुकाइछिपाइ ल्याइएको पहेँलो र सेतो धातुका चार थान सामग्री फेला पारेको थियो। बरामद सामग्रीमा A83257 लेखिएको पहेँलो धातु एक थान, AU9999 100g लेखिएको पहेँलो धातु एक थान तथा चिनियाँ अक्षर लेखिएका चाँदी जस्तो देखिने सेतो धातु दुई थान रहेका थिए।

बिज्ञापन

बरामद धातुको गुणस्तर परीक्षण नेपाल बैंक लिमिटेड शाखा कार्यालय धुन्चेमा गराउँदा पहेँलो धातुका दुई थान र सेतो धातुका दुई थान सबै चाँदी भएको पुष्टि भएको प्रहरीले जनाएको छ।

बरामद चाँदीको कुल तौल १६७३.३२० ग्राम रहेको छ भने यसको अनुमानित मूल्य ६ लाख ९५ हजार ९७ रुपैयाँ १३ पैसा रहेको बताइएको छ।

प्रहरीले उक्त चाँदीसहित चिनियाँ नागरिक ह्वाङ बिनछेङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि मिति २०८२ चैत १८ गते रसुवा भन्सार कार्यालय टिमुरेमा बुझाएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

सह सचिवलाई सरकारी सेवाबाट हटाउने तयारी

हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

खुला प्रतिस्पर्धाको नाटक:- अन्तिम उम्मेदवारको अन्तर्वार्ता बाँकी रहँदै अध्यक्ष चयन

महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

भानु जयन्तीका अवसरमा छवि वैरागी घिमिरे सम्मानित

कनिष्ठ कार्की मुख्यसचिव भएपछि वरिष्ठ सचिवहरू असन्तुष्ट, बिदामा बसे शर्मा

बिशेष