चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले अस्पतालको सेवा प्रवाह र कर्मचारी अनुशासनलाई चुस्त बनाउन १४ बुँदे कडा निर्णयहरू सार्वजनिक गरेको छ।
बिज्ञापन
अस्पतालले ढिलो गरि आउने र चाँडै भाग्ने कर्मचारीमाथि ‘एक्सन’ लिने भएको हो । अस्पताल व्यवस्थापन समितिको चैत १६ गते बसेको बैठकले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको हाजिरी, पोसाक, बिरामीसँगको व्यवहार र औषधि उपलब्धताका विषयमा १४ बुँदे निर्देशनमार्फत् सो अस्पतालले कर्मचारीमाथि ‘एक्सन’ लिने रणनीति अख्तियार गरेको हो ।
जस अनुसार,अबदेखि अस्पतालले बिहान ९ः३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई ‘गयल’ मानिने र आधा दिनको बिदा काटिने जनाएको छ । यस्तै तलब सरकारी अस्पतालबाट खाने र निजी क्लिनिकतिर समय बिताउने चिकित्सकहरुमाथि कडाई गर्दै बिहान ९ देखि बेलुका ५ बजेसम्म अस्पतालमै बस्न पनि भनेको छ । वीरमा कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीहरु कार्यलय समयमा नपुग्ने, हाजिरी गरेर टाप कस्नेलगायतका गुनासाहरु व्याप्त रहेसँगै अस्पताल प्रशासनले यस्तो निर्णय गरेको जनाइएको छ । कर्मचारीहरू उच्च निकाय र सतर्कता केन्द्रको निगरानीमा रहने, कार्यक्षेत्र छोडेर अन्यत्र भेटिए आफैँ सजायको भागीदार हुनुपर्ने अस्पतालले सजग गराएको छ ।
यस्तै,बिरामीको पुर्जा, रिपोर्ट र डिस्चार्ज समरीमा नाम, एनएमसी नम्बर र हस्ताक्षर प्रष्ट हुनुपर्ने निर्देशन दिइएको छ भने स्वास्थ्यकर्मी, नर्स र डाक्टरले एप्रोन र परिचयपत्र अनिवार्य लगाउनुपर्ने भएको छ । कर्मचारीको उपस्थितिको नियमित अडिट गर्न डा मीन चन्द्र अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको जनाइएको छ ।
बिज्ञापन
ओटी, क्याथ ल्याब र इभिनिङ राउन्डमा खटिनेलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता दिइने नीति अस्पतालले लिएको छ । फार्मेसीमा औषधिको मौज्दात र उपलब्धताको जानकारी सेवाग्राहीलाई छिटोछरितो दिने।


























